Logo

इङल्यान्डलाई हराउँदै पाकिस्तान पुग्यो च्याम्पियन्स ट्रफीको फाइनलमा

सार २, २०७४ –  आयोजक इङल्यान्डलाई ८ विकेटले हराएर पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान बनाएको छ। हसन अलीले केवल ३५ रन खर्चिएर ३ विकेट लिएको खेलमा पाकिस्तानले इङल्यान्डलाई २ सय ११ रनमै समेटेको थियो। अन्तिम बलअघि नै अलआउट भएको इङल्यान्डबाट जोनी बेरिस्तोले ४३ र जोय रुटले ४६ रन बनाए। इयोन मोर्गान ३३ र वेन स्टोक्स ३४ रनमै सीमित भएको खेलमा अन्य ब्याट्सम्यानको प्रदर्शन बिर्सनलायक रह्यो।

   पाकिस्तानबाट जुनैद खान र रुमान रसिदले थप २-२ विकेट लिए, त्यस्तै सदाव खानले १ विकेट लिए,पाकिस्तानले २ सय १२ रनको सजिलो योगफल ३७ ओभर १ बलमै पूरा गर्‍यो। पहिलो विकेटका लागि ओपनर द्दय फकर जमन र अजहर अलीले १ सय २७ बलमा १ सय १८ रनको उत्कृष्ट साझेदारी गरे। फकरको आक्रामक ब्याटिङ २१ ओभर १ बलमा आदिल रसिदको बलमा जोस बुटलरले स्टम्पिंग गरेपछि फकरले क्रिज छाडे। त्यसअघि उनले ५८ बलमा १ छक्का र ७ चौका प्रहार गर्दै ५७ रन बनाएका थिए। उनले ४९ बलमा अर्धशतक पूरा गरेका थिए। एक दिवसीय खेलमा यो उनको दोस्रो अर्धशतक हो।

     यसअघि उनले श्रीलंका विरुद्ध पनि अर्धशतक बनाएका थिए।  सर्वाधिक ७६ रन पहिलो विकेटका लागि फकरसँग मिलेर १ सय १८ रनको साझेदारी गरेका अजहरले दोस्रो विकेटका लागि बबर आजमसँग ५५ रनको साझेदारी गरे। खेलमा अजरले १ सय बल सामना गर्दै सर्वाधिक ७६ रन बनाए। यसमा १ छक्का र ५ चौका समावेश छ। उनले ६८ बलमा अर्धशतक पूरा गरे। यो उनको एक दिवसीय करियरको ११ औं तथा इङल्यान्ड विरुद्धको चौथो अर्धशतक हो ।   बबर आजम र महोमद्द हाफिजको शान्दार फिनिसिङ  अजहरले क्रिज छाडेपछि महोमद्द हाफिज र बबर आजमले ४२ रनको अविजित साझेदारी गर्दै पाकिस्तानलाई जित दिलाए। 

    बबर आजमले अविजित ३८ तथा महोमद्द हाफिजले अविजित ३० रन बटुले। इङल्यान्डबाट अदिल रसिद र जाक बलले १-१ विकेट लिए।  यस्तो थियो इङल्यान्डको इनिङ्ग टस हारेर पहिले ब्याटिङ गरेको इङल्यान्डको सुरुवात राम्रो भए। ३४ रनमै उसले पहिलो विकेट गुमायो। त्यसपछि निरन्तर विकेट पतन भयो। इङल्यान्डबाट दोस्रो विकेटका लागि ४६ र तेस्रो विकेटका लागि ४८ रनको दुई राम्रो पार्टनरसिप भयो। ४९ दशमलव ५ ओभरमा टोली अलआउट भयो। इङल्यान्डका कुनै पनि ब्याट्सम्यानले छक्का प्रहार गर्न सकेनन्। म्यान अफ दि म्यान हसन अली पूरै १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ३ विकेट लिएका हसन अली खेलको म्यान अफ दि म्याच घोषित भए।

     एजेन्सी

प्रतिक्रिया दिनुहोस्