Logo

नेपालमा एसियन प्रिमियर लिग क्रिकेट हुने

जेष्ठ २९, २०७४- नेपालमा एसियन प्रिमियर लिग (एपीएल) ट्वान्टी–२० क्रिकेट हुने भएको छ । यूएईमा अवस्थित अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गर्न लागेको प्रतियोगिताका सम्पूर्ण खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछन् र यसको सबै प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन सोनी सिक्स च्यानलले गर्नेछ । 

   इन्डियन स्टार्स, नेपाल स्ट्रोम, बंगलादेश टाइगर्स, अफगानिस्तान बुल्स, श्रीलंकन लायन्स र दुबई वारियर्सले फ्रेन्चाइज टोलीका रूपमा एपीएलमा प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद्ले नेपालमा आयोजना गर्न स्वीकृति प्रदान गरेको प्रतियोगिताको विजेताले ४० लाख, उप विजेताले १६ लाख र तेस्रो हुनेले ८ लाख नेपाली रुपैयाँ पाउनेछन् । १५ दिनसम्म चल्ने प्रतियोगिता आइतबारबाट सुरु हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस्