मेलम्चीको पानी जनताको धारामा पुर्याउन उपत्यकामा ५८५ किमी पाइप बिच्छ्याइयो
मेलम्चीबाट सुरुङ हुँदै सुन्दरीजल आउने पानी सुन्दरीजलमा प्रशोधन भइसकेपछि उपत्यकाका विभिन्न ११ ट्याङ्कीबाट नागरिकको घर घरमा पुर्याईने व्यवस्था मिलाइएको छ। आरुबारी, महाङ्काल चौर, पानीपोखरी, बाँसबारी, बालाजु, खुमलटार, कटुन्जे, कीर्तिपुर र ठिमीमा नयाँ ट्याङ्की तथा अनामनगर र मीनभवनमा रहेको पुरानो ट्याङ्कीबाट पानी वितरण गरिनेछ। नयाँ बन्न लागेका नौवटा ट्याङ्की तथा पुराना दुईवटा ट्याङ्कीमा पानी पुर्याउने ६१ किमी पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ४९ किमी पाइप बिच्छ्याइएको प्रमुख खत्रीले बताए। नयाँ बन्न लागेका ९ वटा ट्याङ्कीमध्ये पाँचवटा निर्माण सम्पन्न भएका, तीनवटाको २० प्रतिशत काम भएको र एउटा ट्याङ्कीको निर्माण कार्य असारदेखि सुरु हुने आयोजनाले जनाएको छ।
रासस