Logo

लाल्टिनले गर्यो रोड कन्सर्ट

काठमाण्डौं जेष्ठ,२४, २०७४ – आगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘लाल्टिन’ले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा रोड कन्सर्टको आयोजना गरेको छ । उक्त रोड कन्सर्टमा गायक बिनोद ढकाल, कलाकारहरु निर्जन थापा, राज कटुवालका साथै सम्पूर्ण निर्माण टिम सहभागी रहेको थियो । कार्यक्रमलाई दिनेश पारकर र अस्मिता जुरेलीको नृत्यले थप उत्साहजनक बनाएको थियो । 

उपत्यकाको करिब ८ वटा ठाउँमा गरिएको उक्त कार्यक्रमबाट दर्शकको राम्रो प्रतिक्रिया पाएको र सोहि उत्साह हलसम्म आउनेमा निर्माता एबंम् कलाकार भानु प्रताप ढुक्क देखिन्थे । देव कुमार श्रेष्ठको निर्देशनमा तयार फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुनजंग शाही, जनक बर्तौला, ए गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मलाई भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्