Logo

उदित नारायण झा ले वलीवूडमा काम पाउन छाडे

वलीवूडमा एकपछि अर्का गायक/गायिकाहरुको इन्ट्री भैरहेको अवस्थामा केही पुराना प्ले ब्याक सिंगर्सहरुले भने काम पाउन छाडेका छन् । यसो हुँदा अहिले धेरै प्ले ब्याक सिंगर्सहरु इन्डस्ट्रीबाट नै गायव हुँदै गएका छन् । अल्का याग्निक, उदित नारायण, कुमार सानू सहित वलीवूडका धेरै पुराना गायक गायिकाहरु केही वर्षदेखि खाली बस्नुपरेको छ । कुरा गरौं नेपाली मूलका भारतीय गायक उदित नारायण झा को । नेपाली, मैथिली, नेपाल भाषा, उर्दू, हिन्दी, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको फिल्ममा पार्श्व गायकको रूपमा गीत गाएका उदित केही वर्षयता खाली छन् । २०१६ मा उनले दुई फिल्म ‘जय गंगाजल’ र ‘अना’ का लागि गीत गाएका थिए ।  
 
     उनले ‘पापा कहते हैं बड़ा नाम..’ (फिल्म ‘कयामत से कयामत तक’-1998), ‘मुझे नींद न आए..’ (फिल्म ‘दिल’- 1990), ‘मेरा दिल तेरे लिए धड़कता है..’ (फिल्म ‘आशिकी’-1990), ‘एक-दूसरे से करते हैं प्यार हम..’ ( फिल्म ‘हम’-1990), ‘पहला नशा..’ ( फिल्म ‘जो जीता वही सिकंदर’- 1992), ‘जादू तेरी नजर..’ (फिल्म ‘डर’-1992) जस्ता सुपरहिट गीत गाएका छन् । 
      ३० भाषाहरूमा १५,००० भन्दा बढी गीत गाएका उदितले भारतका २६० बढी फिल्मका गीतहरुमा आफ्नो स्वर भरेका छन् । उनलाई भारत सरकारले वर्ष २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट समेत सम्मानित गरिसकेको छ ।  त्यस्तै, उनी वर्ष २००१ मा प्रबल गोर्खा दक्षिण बाहु नेपालको तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह देवबाट पनि सम्मानित भैसकेका छन् । 

          एजेन्सी ,मुम्बई

 
 
प्रतिक्रिया दिनुहोस्