Logo

गायक मदन परियारको चुलिँदो चर्चा : अजित क्षेत्री

कुनै जमाना थियो गीत गाएरै हिट भईने वा नाचेरै हिट भईने । तर अब जमाना बदलियो । रेडियोको फ्रिक्वेन्सीबाट निस्केर कलाकार स्टेज र थिएटरमा बिस्तारित भएका छन् । अबका कलाकार हिट हुन स्वरको साथै नृत्य, सुन्दरता र दर्शकको अगाडी उत्कृष्ट प्रस्तुति एकैठाउँमा दिन सक्ने हुनु पर्छ । र, यी सबै कलाले पूर्ण भएका युवा कलाकार हुन्- मदन परियार । मोडलिङ् र लोक दोहोरी गायनमा एकैसाथ जमेका यी स्याङ्जाली कलाकार गायन, नृत्य र सुन्दर शरीरका कारण अचेल स्टेज प्रोग्राममा आयोजकको मुख्य रोजाई बन्ने गरेका छन् ।
                स्याङ्जा जिल्लाको मल्याङ्कोट -१ दार्सिङ्मा जन्मे हुर्केर उच्च शिक्षाको लागी काठमाडौं छिरेका मदन परियारले गायनलाई नै पेशा बनाए । आधा दर्जन लोक दोहोरी गीतमा लय, शब्द र श्वर दिईसकेका मदनले उत्तिकै संख्यामा दोहोरी गीतको म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् ।              
 केही समय पहिला एक हप्ताको साँगीतिक टुर सकेर मलेसियाबाट फर्केका यी लोक गायक  त्यसपछि बिभिन्न जिल्लामा आयोजना भएका महोत्सवहरुमा प्रस्तुति दिन ब्यस्त भए । त्यसो त केही चुनावी सभामा पनि साँगीतिक प्रस्तुति दिए उनले ।
पछिल्लो समय शर्मिला गुरुङ्संग गाएको र आँफैले नृत्य गरेको आँधिखोला बोलको सालैजो भाका बजारमा हिट भएपछि यिनको माग र ब्यस्तता बढेको हो । टेलिभिजनका बिभिन्न कार्यक्रममा पनि उनको माग बढेको छ । यति हुँदा हुदै पनि मिडियामा खासै आउन चाहँदैनन् उनी । भन्छन् , म बोल्नमा भन्दा कर्म गर्नमा बिश्वास राख्छु ।
उनले गाएका केही चर्चित गीतहरु,
 १. कसो गर्नी हो 
२. चोखो मायाँ गर्छु उनैलाई
३. भगवान पनि पापी हुँदो रैछ
४. आँधीखोला (सालैजो भाका)
५.मायाँ जालले फसायो
लगायत छन् । 
      स्याङ्जा मल्याङ्कोटकै ख्यातिप्राप्त लोक सर्जक शिब हमालको साथ र प्रेरणाले आफू आज यो स्थानमा आइपुगेको बताउँछन् लोक गायक मदन परियार । सरल स्वभाव र मृदुभाषी मदन अब गायन र मोडलिङ्लाई एकैसाथ लैजाने बताउँछन् । सानैदेखि गीत र नृत्यमा हुरुक्क हुने उनी आज यसै क्षेत्रमा आफ्नो जीवनको लक्ष्य खोजीरहेका छन् ।
 
 
प्रतिक्रिया दिनुहोस्