Logo

रविनाको फिल्म ‘मातृ’ चर्चामा : ‘बेस्ट क्रिटिक अवार्ड’ हासिल गर्न सफल

 वलिवूड  अभिनेत्री  रविना टन्डनको चर्चित फिल्म ‘मातृ’ले दर्शकबाट त्यति राम्रो प्रतिकृया नपाएपनि समिक्षकहरुबाट भने राम्रो रिभ्यु पाएको छ। फिल्ममा रविनाको पर्फर्मेन्सलाई सबैले तारिफ गरेका छन् । यसैविच फिल्ममा उनको  दमदार भुमिकाको लागि उनलाई ‘दादासाहेब  फाल्के अकेडेमी’ अवार्ड समेत मिलेको छ । रवीनालाई  ‘मातृ’ मा उत्कृष्ट अभिनयका कारण ‘बेस्ट क्रिटिक अवार्ड’ मिलेको छ। उनलाई हिजो मुम्बईमा भएको दादासाहेब फाल्के को १४८ औं जयन्तीमा यो अवार्ड दिइएको हो । यसका साथै प्रियंका चोपडा, अनुपम खेर र अनिल कपूर पनि सम्मानित भएका छन् ।  अभिनेत्री प्रियंकालाई अन्तर्राष्ट्रीय स्तरमा पहिचान कायम गरेकोमा अवार्ड दिइएको छ। त्यस्तै मनीषा कोईरालालाई  ‘फाल्के ब्रेव एंड ब्यूटीफूल’ अवार्ड मिलेको छ । 

   एजेन्सी 

प्रतिक्रिया दिनुहोस्