Logo

एक्सन प्रधान चलचित्र ‘तारेभीर’को ट्रेलर देखाईयो

स्तावेज संवाददाता,जेष्ठ ९, २०७४ – प्रेम सुब्बाको निर्देशनमा बनेको चलचित्र ‘तारेभीर’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले चलचित्रको एक्सन प्रधान ट्रेलर सार्वजनिक गरेको हो। असार २ गतेलार्ई रिलिज डेट लक गरिएको एक्सन प्रधान चलचित्र ‘तारेभीर’मा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको फिल्मलाई प्रेम सुब्बाले निर्देशन गरेका हुन् । 

    असार २ गतेबाट प्रर्दशनमा आउने भनिएको यस चलचित्रलाई डि.के.दीवानले निर्माण गरेका हुन् भने जनक गुरुङको द्धन्द्ध निर्देशन रहेको छ ।चलचित्रमा युवराज राईको सिनेम्याटोग्राफी, तथा   प्रकाश गुरुङ, सनुप पौडेल र ब्राविन शेर्माको संगीत रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्