Logo

प्रधानमन्त्री दाहालले आजै राजीनामा दिनसक्ने

स्तावेज संवाददाता,जेष्ठ ९, २०७४,काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहालले म‌ंगलबार १ बजे  व्यवस्थापिका संसदमा सम्बोधन गर्दै छन् । दिउँसो १ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा आजै पदबाट राजीनामा दिने सम्भावना  बलियो रहेको छ । 

           सरकारले अहिलेसम्म गरेका गतिविधिबारे संसदमा प्रधानमन्त्रीले जानकारी गराउँदै छन् ।आजै राजीनामा दिने वा पछि भन्ने कुरा उनकै स्वविवेकीय अधिकार हुने बरिष्ठ राजनितिज्ञहरुले बताएका छन । सरकार गठनका क्रममा भएको समझदारी अनुसार नै माओवादी अध्यक्ष समेत रहका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।अब कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

         प्रचण्ड सरकार गठनका क्रममा नै दुई दलबीच सुरुको ९ महिना प्रचण्ड र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने समझदारी भएको थियो । तर, चैतमा स्थानीय तहको चुनाव हुन नसकेपछि प्रचण्ड सरकार केही लम्बियो ।कांग्रेस र माओवादीबीच बैशाख ३१ को पहिलो चरणको चुनावपछि प्रचण्डले सत्ता हस्तान्तरण गर्ने समझदारी भएको थियो ।

        सोमबार बसेको माओवादी हेडक्वाटरको बैठकले पूर्वसमझदारी अनुसार नै प्रधानन्त्रीले राजीनामा दिने निर्णय गरेको थियो ।प्रधानमन्त्रीको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ । सरकार गठनका क्रममा भएको समझदारी अनुसार नै माओवादी अध्यक्ष समेत रहका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।

        प्रचण्ड सरकार गठनका क्रममा नै दुई दलबीच सुरुको ९ महिना प्रचण्ड र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने समझदारी भएको थियो । तर, चैतमा स्थानीय तहको चुनाव हुन नसकेपछि प्रचण्ड सरकार केही लम्बियो । कांग्रेस र माओवादीबीच बैशाख ३१ को पहिलो चरणको चुनावपछि प्रचण्डले सत्ता हस्तान्तरण गर्ने समझदारी भएको थियो ।

   सोमबार बसेको माओवादी हेडक्वाटरको बैठकले पूर्वसमझदारी अनुसार नै प्रधानन्त्रीले राजीनामा दिने निर्णय गरेको थियो ।प्रधानमन्त्रीको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ ।संसदको बजेट अधिवेशन सोमबार सुरु भएको छ । तर,  आज आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ । ११ गते राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र १५ गते कामचलाउ बजेट ल्याउने सरकारको तयारी छ ।नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले  काम चलाउ बजेट सरकारले नै ल्याउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्