Logo

करिष्मा र विनोदको सम्वन्धमा दरार

स्तावेज संवाददाता,जेष्ठ ९, २०७४, हरेक दिन चर्चामा आइरहने नेपाली सिने जगत यतिखेर नेपाली चलचित्रकी सुन्दरी नायिका एवं नयाँ शक्ति नेपालकी केन्द्रिय सदस्य करिष्मा मानन्धरको श्रीमान विनोद मानन्धरसँग सम्वन्ध चिसिएको खवरले नेपाली सिने माहौल तातेको छ । हालसालै सकिएको स्थानिय ईकाईको चनावमा भोट हाल्न नपाएको निहुँमा आफ्नो फेसबूकमा  श्रीमान बिरुद्द स्टाटस लेखेपछि वास्तविकता बाहिर आएको थियो । उक्त स्टाटसको कारण करिष्मा र बिनोद बिच अझ दुरी बढ्दै गएको खवर प्राप्त भएको छ ।
      सम्वन्ध चिसिन थालेपछि करिष्माले सार्वजनिक समारोहमा समेत विनोद मानन्धर आफ्नो सम्वन्ध बारे सार्वजनिक गर्न थालेकी छन् । गत आईतवार चलचित्र पत्रकार संघ घोराही दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले उनि र विनोद बिचको सम्वन्ध हाल एक साथीको रुपमा मात्र सीमित रहेको खुलासा गरिन् । 

     करिष्माको यो अभिव्यक्तिले  विनोद र उनी बिच अहिले खासै सुमधुर सम्बन्ध नरहेको संकेत गरेको छ । करिष्मा लामो समयदेखि विनोदका बानीहरुबाट दिक्क भएको खुलासा भएको छ । केही बर्षयता फिल्ममा नदेखिएकी करिश्मा पछिल्लो समय डा.बाबुराम भट्टराई नेतृत्वको ‘नयाँ शक्ति  नेपाल’ पार्टीमा सकृय भएर काम गरिरहेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्