Logo

कोलकाता क्वालिफायर–टुमा

जेन्सी जेष्ठ ४, २०७४- कोलकाता नाइट राइडर्सले बुधबार राति इलिमिनेटरमा सनराइज हैदरावादलाई डर्क वर्थ लेविस अनुसार सात रनले हराएको छ । यस हारसँगै डिफेन्डिङ च्याम्पियन हैदरावादको चुनौती समाप्त भएको छ । 

    पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा सात विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । खेल वर्षाले प्रभावित भएपछि कोलकाताले छ ओभरमा ४८ रनको नयाँ लक्ष्य पाएको थियो । 

    त्यसलाई कोलकाताले ५.२ ओभर उपयोग गर्दै तीन विकेट गुमाएर पूरा गरेको थियो । अब फाइनल प्रवेशका लागि कोलकाताले क्वालिफायर–टुमा मुम्बई इन्डियन्सविरुद्ध खेल्नेछ । राइजिङ पुने सुपर जायन्ट्स यसअघि नै फाइनल पुगिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्