Logo

नारद दाहालको ‘फेरी त्यो रात’ अल्बम सार्वजनिक

रामगोपाल आशुतोष, दस्तावेज संवाददाता,जेठ,३,२०७४ युवा गायक नारद दाहालले आफ्नो पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रुमानी भावको सो गीतमा गायक दाहालको आवाजले प्रेमिल मनहरूलाई नस्टाल्जिक बनाउने छ ।

        गायन उनको बाल्यकालदेखिको शोंख हो । उनले बिध्यालयमा छँदा विभिन्न प्रतियोगितामा थुप्रै गीत गाए । डाँडाकाँडा घन्काउँदै हुर्केका नारदको गायकी युवा पुस्तालाई आकर्षित पार्ने खालको छ  । डोम काफ्लेको शब्द रचना अनि टीका भण्डारीको सङ्गीत रहेको सो म्युजिक भिडियो केही हप्ता अगाडि युट्युबमार्फत सार्वजनिक भएको हो ।

          सात वर्षदेखि अस्ट्रेलियाको दक्षिणी भेगमा अवस्थित एड्लेड शहरमा बसोबास गर्दै आएका दाहाल लुकी लुकी बोलको अर्को गीत युट्युबमार्फत सार्वजनिक गर्ने जमर्कोमा छन् ।

        चर्चित सङ्गीत संयोजक किरण कँडेलको सङ्गीत संयोजनमा सजिएको सो म्युजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । चर्चित मोडल एवम् नायिका केकी अधिकारी र लोकप्रिय मोडल पुष्पल खड्काको जीवन्त अभिनय रहेको सो म्युजिक भिडियोको उत्पादन टेकन दाहालको युट्युब च्यानलले गरेको हो ।

        गायक नारद दाहालको रोजाइ नामक गीती एल्बम सार्वजनिक छ । सो एल्बममा आफ्नै सहोदर भाइ टेकन दाहालले युगल आवाज दिएका छन् । एल्बममा छ वटा गीत सङ्ग्रहित छन् ।  

प्रतिक्रिया दिनुहोस्