Logo

वैज्ञानिकले जितिन् विश्व सुन्दरीको उपाधि

स्तावेज डट कम,जेष्ठ २ , २०७४ वाशिङटन डि.सी. अमेरिका, गत आईतवार लास भेगासमा भएको युएसए सुन्दरी प्रतियोगितामा कोलम्वियाकी अश्वेत सुन्दरी एवं प्रसिद्द रसायनशास्त्री २५ बर्षिया क्यारा मक्कलोले मिस युएसको उपाधी हासिल गर्न सफल भएकी  छिन् ।

उक्त प्रतियोगितामा ५१   जना प्रतिस्पर्धिहरुले भाग लिएका थिए । ५० जना सुन्दरी प्रतिस्पर्धिहरुलाई पछार्दै क्यारा मक्कलोले मिस युएसएको ताज पहिरिन सफल भएकी हुन् ।

मिस यूएसएको ताज पहिरिएपछि वैज्ञानिक क्याराले आफुले बालबालिकालाई विज्ञान शिक्षामा प्रेरित गर्न चाहेको बताएकी थिईन् ।

सन १९५२ बाट शुरु भएको मिस युएसए प्रतियोगिता अमेरिकामा प्रत्येक बर्ष आयोजना हुने गर्दछ । हालसालै मे १४ मा शुरु भएको उक्त ६६औं प्रतियोगितामा  क्यारा मक्कलोको जितलाई अत्यन्त उत्साहकासाथ हेरिएको छ ।

सन २०१६ मा मिस युएसए उपाधी हासिल गर्न सफल अल्बामा सुन्दरी बेली स्मिथले क्यारा मक्कलोलाई  मिस युएसएको ताज पहिर्याएकी थिइन् ।

उक्त प्रतियोगितामा न्यु जेर्सीकी चावी भेर्गले फस्ट रनर अपको उपाधी हासिल गरेकी थिइन् भने मेरिडिथ गोउल्डले सेकेण्ड रनर अपको उपाधी लिएकी थिइन् ।

२५ बर्षिया क्यारा मक्कलो अमेरिकी परमाणु नियमन आयोगमा काम गर्छिन । दशकौं पुरानो उक्त प्रतियोगितामा अन्य ५० प्रतियोगिलाई उछिन्दै उनि प्रथम भएकी हुन् ।

मक्कलो भन्छिन उनि बालबालिकालाई बिज्ञान,प्रविधी,इन्जिनियरिङ र गणित जस्ता बिषयमा लागि परेर त्यसै अनुरुपको व्यवसायिक पेशा बनाउन प्रेरणा दिन चाहन्छिन् ।

             दीपशिखा शर्मा

प्रतिक्रिया दिनुहोस्