Logo

लिभरपुलमाथि आर्सनलको दबाव

वैशाख ३१, २०७४- इङलिस प्रिमियर लिगमा आर्सनलले शनिबार राति लिभरपुललाई ४–१ ले हरायो । यो जितसँगै आर्सनलले चौथो स्थान हासिल गर्ने दौडमा लिभरपुलमाथि दबाब सिर्जना गर्न सफल रह्यो ।

                आर्सनलको जितमा ओलिभर जिरोडले दुई तथा एलेक्स सान्चेज र मेसुट ओजिलले एक एक गोल गरे । यो जितपछि आर्सनलको ३६ खेलबाट ६९ अंक भएको छ र पाँचौं स्थानमा छ ।लिभरपुल भने ७० अंकमा एक स्थान माथि छ । शनिबार रातिका अन्य खेलमा म्यानचेस्टर सिटीले लेस्टरलाई २–१, बर्नमाउथले बनर्लीलाई २–१, साउथ ह्याम्पटनले मिडल्सब्रोलाई २–१ तथा स्वान्सी सिटीले सन्डरल्यान्डलाई २–० ले हरायो ।

 

प्रतिक्रिया दिनुहोस्