Logo

चेल्सीको शानदार विजय : प्रिमियर लिगको उपाधि हात पार्न सफल

वैशाख ३०, २०७४, चेल्सीले शुक्रबार राति इङलिस प्रिमियर लिग उपाधि जितेको छ । उसले यसका लागि वेस्ट ब्रुमलाई १–० ले हरायो । त्यसमा मिचे बाट्सुयीले ८२ औं मिनेटमा गोल गरे ।खेल बराबरीतर्फ अग्रसर हुने संकेत मिलेपछि एन्टोनिया कोन्टेको टिमले उपाधि जितेको खुसीयाली मनाउन अझै एक खेल कुर्नु पर्ने स्थिति बनेको थियो । तर खेल सकिन अगाडि चेल्सी निर्णायक गोल निकाल्न सफल रह्यो ।चेल्सीको ३६ खेलबाट ८७ अंक भएको छ र दुई खेल अगाडि नै लिग आफ्नो नाममा लेखाउन सफल भएको हो । दोस्रो स्थानमा रहेको टोटनहमको ३५ खेलबाट ७७ अंक छ ।अब चेल्सीले आर्सनलविरुद्ध वेम्बलीमा मे २७ मा हुने एफएकपको फाइनल पनि खेल्नेछ र त्यो जितेर ऐतिहासिक कप डबलका लागि प्रयास गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्