Logo

रियल म्याड्रिड फेरि च्याम्पियन्स लिगको फाइनलमा

  वैशाख २८, २०७४, डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले बुधबार राति युरापेली च्याम्पियन्स लिग फाइनलको यात्रा तय गरेको छ । अब कार्डिफमा हुने फाइनलमा रियलको सामना हुनेछ, युभेन्ट्ससँग । रियलले सेमिफाइनल दोस्रो लेगको खेलमा हारका बावजुत छिमेकी एटलेटिको म्याड्रिडको चुनौतीलाई पन्छाएको हो । त्यस खेलमा रियल २–१ ले पराजित रह्यो । तर समग्रमा ४–२ को अग्रता लिन भने सफल रह्यो ।

          पहिलो लेगमा रियल ३–० ले विजयी रहेको थियो । आफ्नो घरेलु मैदानमा भएको दोस्रो लेगमा एटलेटिकोले सुरुमा दुई गोलको अग्रता लिएको थियो । त्यसमा सउल निग्वेजले हेड तथा एन्टोन ग्रिजमनले पेनाल्टीबाट पहिलो हाफमा गोल गरे ।  तर इस्कोले पहिलो हाफ सकिन तीन मिनेट अगाडि रियलका लागि इस्कोले गोल गरेपछि खेल उसको पक्षमा मोडिएको थियो । अब फाइनल जुन ३ मा हुनेछ र रियलसामु उपाधि रक्षाको अवसर हुनेछ ।

       एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्