Logo

एडभोकट पुन: डच फुटबल प्रशिक्षक

वैशाख २६, २०७४,भेट्रान डिक एडभोकट पुन: नेदरल्यान्डको राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा फर्केका छन् । डच फुटबल टिम विश्वकप छनोटमा खराब स्थितिबाट गुज्रिरहेको समयमा फुटबल संघले सोमबार एडभोकट नियुक्तिको घोषणा गरेको हो ।

६९ वर्षे एडभोकट तेस्रो पटक डच फुटबल टिमको प्रशिक्षक बनेका हुन् । उनले ड्यानी ब्लिन्डको स्थान लिनेछन् । मार्चमा बुल्गेरियासँग डच २–० ले पराजित भएपछि ब्लिन्डलाई बर्खास्त गरिएको थियो ।

उक्त अप्रत्यासित हारपछि एक समय गर्व गरिने नेदरल्यान्ड्सको अर्को वर्ष रुसमा हुने विश्वकपमा पुग्ने सम्भावना पातलो बनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्