Logo

दुर्गा बि. सी. को नयाँ लोक गीतको अल्वम ‘परदेशी छोरो’ सार्वजनिक

    राजकुमारी श्रेष्ठ

स्तावेज संवाददाता,ईजरायल,  ईजरायलको माटोमा संघर्ष गर्दै लोक गीत संगीतलाई हमेशा मायाँ गर्दै आफ्नो कला वेलाबखत प्रस्तुत गर्दै आएका गायक दुर्गा बि. सी. को नयाँ लोक गीतको अल्वम ‘ परदेशी छोरो ‘ सार्वजनिक भएको छ । बाग्लुङ जिल्लाको दमेक गा .बि .स . मा जन्मेका दुर्गा बि. सी .को हालको घर नवलपरासीको दुम्किबास हो । उनि सानैदेखि गीत संगीतमा बिशेष चासो राख्थे । उनलाई बिशेष गरि लोक संगीतमा झुकाव थियो । उनले गाउँ घरमा स्कुलमा हुने लोकगीतको हरेक कार्यक्रममा भाग लिन्थे । गुरुहरु बलराम सुवेदी ,मोहनलाल कलवारले उनिलाई उनको प्रशंसा गर्दै अगाडि बढ्नको लागि प्रेरणा दिन्थे । एस. एल. सी. पासपछि संगीत सिक्ने चाहना त थियो तर मध्यम परिवारमा जन्मेका उनिले आर्थिक अभावको कारण संगीत सिक्न पाएनन ,तरपनि उनले हार खाएनन । उनलाई एक दिन नव प्रतिभा गायक भनि कार्यक्रममा बोलाईयो । उनको प्रस्तुती सुनेर सुशान्त घिमिरेले उनलाई कार्यक्रम सकिएपछि भेट्न आए अनि हामी मिलेर एल्बम निकालौ भन्ने कुरा गरे । त्यसबेला उनि निकै खुशी देखिए । त्यसपछि उनिहरु बलराम सुवेदीले लेखेका ‘दाउन्ने कि नानी ‘ भन्ने एल्बम रेकर्ड गर्न भनी काठमाडौ गए । तर उनिहरुले सोचे जस्तो  भएन । त्यतिबेला उनि निकै निरास भए जुनवेला उनको गीत छनौट भएन । गायक बन्ने सपना बोकेर हिडेको पहिलो गाँस मै ढुङ्गा लाग्यो ।

              लगातारको प्रयासपछि अन्तत:उनले परदेशी भुमी ईजरायलमा रहेर पनि लोक संगीतमा आफ्नो निकै सक्रियता देखाए। जसको फलस्वरुप “परदेशी छोरो ” इजरायल मै रेशम क्षेत्री , नवगायिका किशु गुरुङ को सहयोगमा रेकर्ड गरिएको छ । जुन गीतमा लय वरिष्ठ संगीतकार तथा सर्जक एकनारायण भण्डारीको रहेको छ भने सब्द दुर्गा बि. सि.र आवाज लोक दोहोरी क्षेत्रकी तारा ‘ बिमा कुमारी दुरा ‘र दुर्गा बि. सि.को रहेको छ । पछिल्लो समयमा परदेशी गितहरु बजारमा निकै आए पनि यो “परदेशी छोरो”नामक गित अरु भन्दा फरक रहेको छ जहाँ एउटा परदेशी छोरो र आमा बिचको संवादलाई लाई दोहोरी मार्फत प्रस्तुत गरिएको छ, जसमा आमा भन्छिन ” भन्छौ छोरा केही साल आउदिन मेरो बाबू आँखाको नानी लाई देख्न पाउँछु कि पाउदिन अनि छोरा भन्छन ” अब बिदेश कहिले आउदिन , जस्ले संसार देखाए उनैलाई देख्न बरु पाउछु पाउदिन ” । निकै मार्मिक शब्द ,स्वर र लय रहेको ‘परदेशी छोरो’ दर्शक श्रोताहरुले अवश्य मनपराउनु हुनेछ । गायक  दुर्गा बि. सि. को सांगीतिक भविष्यको लागि दस्तावेज डट कमको तर्फबाटअग्रिम शुभकामना !

प्रतिक्रिया दिनुहोस्