Logo

‘बाहुबली’ को टेली सिरिज शुरु हुने

‘बाहुबली द कनक्लूजन’ ले कमाईको सबै रेकर्ड तोडिसकेको छ । ८ दिनमा ‘बाहुबली’ ले ९ सय करोडमाथीको विजनेश गरेको छ । फिल्मको सक्सेसलाई देख्दै प्रोड्यूसर शोबू यरलागाले ‘बाहुबली’ को टिभी सिरिज ल्याउने घोषणा गरेका छन् । शोबूको खबरलाई आधार मान्ने हो भने फिल्मको दुई पार्ट्सलाई लिएर १० देखी १५ एपिसोडको टिभी सिरिज ल्याइनेछ । यो सिरिजको हिन्दीमा बनाइनेछ र पछि दोस्रो भाषामा पनि डब गरिनेछ । टिभीमा ‘बाहुबली’ माथी टिभी सिरिज बन्न लागेपनि यसभन्दा पहिला नै यस्ता केही टिभी शोहरु छन्, जुन सक्सेसफुल फिल्ममा आधारित छन् ।
 
१. टिभी शो पेशवा बाजीराव रणवीर सिंह, दीपिका पादुकोण र प्रियंका चोपड़ा स्टारर फिल्म ‘बाजीराव मस्तानी’ माथी आधारित छ ।
 
२. ऋतिक रोशन र ऐश्वर्या राय बच्चन स्टारर ‘जोधा अकबर’ माथी टिभी शो ‘जोधा अकबर’ बनेको छ । यो टिभी सिरिज एकता कपूरले बनाएकी हुन्, जसले दुई बर्षसम्म दर्शकहरुको मन जितेको थियो ।
 
३. अजय देवगन, पूजा भट्ट र सोनाली बेन्द्रे स्टारर फिल्म ‘जख्स’ को कन्सेप्टमाथी २०१६ मा ‘नामकरण’ सुरु भएको थियो । शोको कन्सेप्ट लिभ इन रिलेशनसिप पछि भएको बच्चामा आधारित छ ।
 
४. टिभी शो ‘नागिन’ को कन्सेप्ट ऋषि कपूर र श्रीदेवीको फिल्म ‘नागिना’ माथी बेस्ड छ । शोमा लिड रोल मोनी रोय प्ले गरिरहेकी छिन् ।
 
५. आयुष्मान खुराना र भूमि पेडनेकर स्टारर फिल्म ‘दम लगा के हाइशा’ माथी गएको बर्ष ‘बढ़ो बहू’ सुरु भएको छ ।
 
६. टिभी ‘जमाई राजा’ अनिल कपूर, हेमा मालिनी र माधुरी दीक्षित स्टारर फिल्म जुँवाई राजा माथी आधारित छ ।
 
७. टिभी शो ‘परदेश में है मेरा’ शाहरुख खान र महिमा चौधरीको फिल्म ‘परदेश’ बाट उत्प्रेरित छ ।
              एजेन्सीको सहयोगमा 
प्रतिक्रिया दिनुहोस्