Logo

‘छक्का पन्जा’ हिट तर नम्रता ओझेलमा

गएको बर्ष रिलिज भएको सुपरहिट फिल्म ‘छक्का पन्जा’ ले सय दिन मनाउँदै  लगभग १७ करोड जती मुनाफा । नेपाली फिल्म इतिहासमा नै सर्वाधिक व्यापार गर्ने फिल्मको सूचीमा उभिएको ‘छक्का पन्जा’ ले निर्देशक देखि कलाकारहरुलाई पनि राम्रैसँग चम्कायो । हुनत, ‘छक्का पन्जा’ मा नाम चलेकै कलाकारहरु लिड रोलमा थिए तर एक अनुहार भने नेपाली दर्शकहरुका लागि लगभग नौलो नै थियो । ति अरु कोहिँ होइनन्, ‘छक्का पन्जा’ मा जितु नेपालकी प्रेमिका बनेकी नम्रता सापकोटा थिइन् । 
 
              उनको यो डेब्यू फिल्म भने थिएन । ‘अन्तराल’ बाट नेपाली सिने जगतमा भित्रिएकी नम्रताले त्यसपछि अन्य केही फिल्ममा समेत काम गरिन् । तर, आफू अभिनित कुनै पनि फिल्म हिट सावित नहुँदा उनको बन्दै गएको मोडलिङ करिअर पनि ध्वस्त हुँदै गयो । यस्तैमा उनले ठूलो ब्रेक पाइन् फिल्म ‘छक्का पन्जा’ मा । फिल्ममा विष्णुको भूमिकामा देखिएकी नम्रतालाई दर्शकहरुले राम्रै नोटिस गरे । अझ सरस्वती उर्फ जितु नेपालकी गर्लफ्रेन्डको भूमिकामा देखिएका कारणले पनि नम्रताले राम्रै चर्चा पाइन् । तर, विडम्वना ‘छक्का पन्जा’ हिट भएपनि नायिका नम्रताले त्यसको राम्रोसँग लिन भने पाइनन् । 
 
 
फिल्ममा अर्का दुई मुख्य हिरोइन थिए प्रियंका कार्की र बर्षा राउत । नम्रताको भन्दा फिल्ममा प्रियंका र बर्षाको भूमिका बलियो थियो । ‘छक्का पन्जा’ मा मुख्य भूमिकामा रहेका अन्य दुई नायिकाकै कारण नायिका नम्रता सापकोटा ओझेलमा परिन् । प्रियंका र बर्षाको भूमिकाको अगाडि दर्शकहरुले नम्रताको भूमिकालाई बेजोड भन्ने मौका पाएनन् । यदी फिल्ममा नम्रताले प्रियंका र बर्षा मध्येको एक भूमिका पाएको भए सायद उनलाई ‘छक्का पन्जा’ फिल्ममा राम्रै महत्व राख्थ्यो होला तर छोटो भूमिका भएका कारण नम्रतालाई ‘छक्का पन्जा’ हिट भएपनि खासै लाभ भएन तथापी ‘छक्का पन्जा’ हिट भएपछि उनकोव्यस्तता भने निकै बढेको छ । अहिले उनी टीभीसी, पेपर एड र भिडियोको काममा पहिलाभन्दा व्यस्त छिन् । तर, फिल्ममा भने उनको त्यति माग छैन ।
               अहिले ‘छक्का पन्जा -२’ को सिक्वेल निर्माण हुदैछ  । पहिलो भागका भएका अधिकांश कलाकारहरु ‘छक्का पन्जा २’ मा दोहोरिएका छन् तर नम्रता फिल्ममा छिन् वा छैनन् यसको विषयमा भने अहिलेसम्म निर्माण पक्षले कुनै जानकारी दिएको छैन् । ‘छक्का पन्जा’ रिलिज भएपछि अहिले नम्रता अभिनित म्यूजिक भिडियो दिनमै एउटा सार्वजनिक भैरहेका हुन्छन् तर फिल्मबाट भने उनलाई राम्रो ब्यानर, उत्कृष्ट कथावस्तु र दमदार भूमिका भएको स्क्रिप्ट बोकेर निर्माताहरु उनको घरको दैलो सम्म पुगेका छैनन् । 
               
               १७ करोडको विजनेश गरेको फिल्मकी नायिका नम्रता सापकोटालाई आफ्नो फिल्ममा लिड रोलमा लिन अझै पनि निर्माताहरु डराइरहेका छन् । कारण, उनलाई नै हेर्न भनेर दर्शकहरु सिनेमा हलमा छिर्ने माहोल अझै बन्न सकेको छैन् । छोटो भूमिका निर्वाह गर्दा फिल्मका अन्य लिड कलाकारहरु छाँयामा पर्ने भएका कारण पनि अहिले नम्रता आफै लिड रोल रहने फिल्मको खोजीमा छिन् । 
              साभार ‘फिल्मी खवर’
 
प्रतिक्रिया दिनुहोस्