Logo

महिला स्वास्थ्य : पाठेघरका लागि योग उत्तम हुने

महिलाहरूको तल्लो पेट संवेदनशील अंग हो । जसरी आँखा, जिब्रो, मुटु, कलेजो, मस्तिष्क आदि संवेदनशील अंगको संरक्षणका लागि भोजन एवं रहनसहनमा ध्यान पुर्‍याइन्छ त्यसैगरी पाठेघरका लागि पनि विशेष ध्यान दिनु आवश्यक छ । रजस्वला हुँदा असाध्यै पेट दुखेको अवस्थामा स्टोराइडयुक्त कुनै पनि औषधि सेवन गर्नु हँुदैन अर्थात् पीडालाई दबाउने खालको औषधि प्रयोग गर्नु हुँदैन । यसबाट बाँझोपनको समस्यालगायत पाठेघर तथा शरीरका अन्य भागमा विभिन्न समस्या देखिन सक्छ । 

               पाठेघरलाई स्वस्थ राख्न हरेक दिन प्राणायाम आवश्यक छ जसमध्ये कपालभाती प्राणायाम सर्वाधिक महत्वपूर्ण मानिन्छ । पाठेघर सुन्निएको बेला, रजस्वला भएको बेला, आङ झरेको बेला कपालभाती प्राणायाम गर्दा गतिमा नियन्त्रण राख्नु आवश्यक छ । गर्भावस्थामा कपालभाती प्राणायाम, बाह्य प्राणायाम, अग्निसारक्रिया आदि गर्नु हुँदैन ।  गर्भवती महिलाले पाठेघरलाई स्वस्थ बनाउन भस्त्रिका, उज्जयी, अनुलोम–विलोम, भ्रामरी, प्रणव आदि प्राणायाम गर्नु फाइदाजनक हुन्छ । यसबाट पाठेघरमा हुने सम्भावित विकारबाट जोगिन सकिन्छ । 

                 पाठेघरमा समस्या आए दौडने, उफ्रने खालका व्यायाम गर्न हुँदैन । महिलाहरूले यस्ता सामान्य समस्यामा पनि भारी चीज उठाउने, टुक्रुक्क बसेर नाङ्लो चलाउने, बढी तारेको, चिल्लो, पिरो, अमिलो आदिका साथै बढी तातो वा बढी चिसो खानेकुरा खानु हुँदैन ।पाठेघरलाई बलियो बनाउन सूर्य नमस्कारका साथै सुस्त गतिमा मार्जारी आसन, सर्वाङ्गासन, गोमुखासन, हलासन आदि गर्न सकिन्छ । किशोरीहरूलाई शीर्षासन एवं पश्चिमोत्तानासन लाभदायक हुन्छ । आलसको तेल, आलसको धूलो अचार, मेथी, ज्वानो, सुठो, हिङ, वाखडबेत, भृंगिराज वा घोडताप्रे खाली पेटमा खाँदा वा सिसौका सात वटा पात मिस्रीका साथ खाँदा लाभ मिल्छ ।  

                एजेन्सी 

प्रतिक्रिया दिनुहोस्