Logo

गजल

   

        पुष्पा धमल

 तिमीसँग आँखा जुध्यो मैले मायाँ गरेपछि
 तिम्रै नामको सिन्दूर यो सिउँदोमा भरेपछ

 जति राम्रो गरेपनि देखिँदैन जीवित हुँदा

 गुनगान गाउँछन् सबैले जब आफैँ मरेपछि ।

 जिन्दगीमा आँधी, हुरी अनि तुफान, बाढी आयो
 मलाई छाडी तिमीले सात समुन्द्र तरेपछि ।

  दाहिने आँखा फर्फरायो मेरो धड्कन बढ्न थाल्यो

  खबर सुन्दा मलाई छाडी अन्तै बसाई सरेपछि ।

  जति चोट खाएपनि मनमा शान्ति छाएकै छ
  सँगै मिली हामीले मायाको बिउ छरेपछि ।।

प्रतिक्रिया दिनुहोस्