Logo

बार्सिलोना र रियल दुवैको शानदार बिजय

वैशाख २४, २०७४, स्पेनी ला लिगामा उपाधिको होडमा रहेको बार्सिलोना र रियल म्याड्रिड दुवैले शनिबार राति जित निकालेका छन् । बार्सिलोनाले भिल्लारियललाई ३–१ ले हरायो । यस्तै रियल ग्रेनेडाविरुद्ध ४–० ले विजयी रह्यो ।

लिग तालिकामा दुवै समान ८४ अंक छ र बार्सिलोना अगाडि छ । तर रियलले उसको तुलनामा एक खेल कम खेलेको छ । बार्सिलोनाको जितमा लियोनल मेसीले दुई तथा नेयमार र लुइस स्वारेजले एक एक गोल गरे ।

रियल भने क्रिस्टियानो रोनाल्डो र गेराथ बेल विना मैदानमा उत्रेको थियो । उसका लागि जेम्स रोडरिगे र अल्भारो मोराटाले दुई दुई गोल गरे । तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले अर्को खेलमा आइबरलाई १–० ले हरायो । 

प्रतिक्रिया दिनुहोस्