Logo

राष्ट्रिय फोटो पत्रकारिता एवार्ड— २०७३ सम्पन्न

वैशाख २३, २०७४,राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा एनएफपीजे फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता एवार्ड— २०७३ सम्पन्न भएको छ । उक्त एवार्ड कार्यक्रममा विभिन्न १३ विधामा पुरस्कार वितरण गरियो । उक्त अवसरमा फोटोग्राफीको क्षेत्रमा विशेष योगदान पुर्‍याएका फोटो कन्सर्नका संस्थापक स्वर्गीय डी.बी. थापालाई मरणोपरान्त विशेष सम्मान प्रदान गरिएको थियो भने वरिष्ठ फोटो पत्रकार भीमबहादुर गुरुङलाई लाइफटाइम एजिभमेन्ट एवार्डबाट सम्मानित गरिएको थियो ।

        उक्त एवार्डमा १० प्रतिस्पर्धी विधाका विजेताहरूमध्येबाट सबैभन्दा बढी अंक प्राप्त गरेका दि काठमाडौं पोस्टका निमेषजंग राई फोटो जनार्लिस्ट अफ द इयर घोषित भएका थिए । त्यसैगरी मनोरञ्जन फोटो पत्रकारिता विधामा साप्ताहिकका महेश प्रधान विजेता घोषित भए । यही विधामा साप्ताहिककै नवराज वाग्ले पनि मनोनयनमा परेका थिए ।

कसलाई कुन विधामा कुन पुरस्कार

डेली लाइफ : स्कन्द गौतम, दि हिमालयन टाइम्स
कल्चर एन्ड टुरिज्म : लक्ष्मीप्रसाद ङाखुसी, नेपाल साप्ताहिक
राजनैतिक : निमेषजंग राई, दि काठमाडौं पोस्ट
अनलाइन : मुकुन्द कालिकोटे, रिपोर्टर्स क्लब डटकम
स्वतन्त्र : राम गुरुङ, स्वतन्त्र फोटो पत्रकार
बिजनेस : बालकृष्ण थापा, दि हिमालयन टाइम्स
महिला : बिजु महर्जन, रातोपाटी डटकम
मनोरञ्जन : महेश प्रधान, साप्ताहिक
मोफसल : कृष्णमणि बराल, अन्नपूर्ण पोस्ट
खेलकुद : सुदर्शन रञ्जित, स्वतन्त्र फोटो पत्रकार
एनएफपीजे एक्टिभ मेम्बर : किशोर श्रेष्ठ, स्वतन्त्र फोटो पत्रकार

प्रतिक्रिया दिनुहोस्