Logo

चलचित्र पत्रकारिता सम्मान र पुरस्कारको घोषणा

दस्तावेज संवाददाता, काठमाण्डौं चलचित्र पत्रकार संघ नेपालको शुक्रबार बसेको कार्यसमिति बैठकले रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै संघले डा.लम्साललाई सम्मान गर्न लागेको हो ।

                    संघले अनलाइनखबर डटकमका पत्रकार विजय सुवेदी (आवाज) तथा सगरमाथा टेलिभिजनमा कार्यरत पारस पौडेललाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै विजय आवाज र पारस पौडेललाई पुरस्कृत गर्न लागिएको संघका महासचिव अनिल यादवले जानकारी दिएका छन् । पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ ।

                   पहिलोपोस्ट डटकममा कार्यरत स्वेच्छा राउतलाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै चलचित्र पत्रकारितामा स्थापित स्वेच्छालाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्सान पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ । आगामी जेठ ७ मा हुन गईरहेको १८ औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्