Logo

कीर्तिमानधारीको सम्मान

दस्तावेज संवाददाता, काठमाण्डौं,वैशाख १७, २०७४- एथलेटिक्सका राष्ट्रिय कीर्तिमानधारी र अन्तर्राष्ट्रिय पदक जितेका खेलाडीलाई शनिबार नगदसहित सम्मानित भएका छन् । 

            नेपाल एथलेटिक्स संघबाट सन् २०१४ देखि २०१७ को मार्चसम्मका विभिन्न प्रतियोगितामा कीर्तिमान बनाएका खेलाडी सम्मानित भए । उनीहरूले कुल १ लाख ५४ हजार नगद पुरस्कार पाए । विभिन्न प्रतियोगिताको विभिन्न स्पर्धामा कीर्तिमान बनाएका यामसाजन सुनार, दिलमाया कार्की, सविता चौधरी, प्रमिला रिजाल, वृन्दा श्रेष्ठ, मनमति विष्ट, कृष्णा चौधरी, गोपीचन्द्र पार्की, सूर्य खत्री, अमृता महतो, सीमाकुमारी थारु, चन्द्रकला लाम्गादे, सरस्वती भट्टराई, कान्छीमाया कोजु र हरि रिमाल छन् । पाँच कीर्तिमानका लागि ५ हजारका दरले चन्द्रकलाले सबैभन्दा धेरै २५ हजार पाइन् । सम्मानित हुने अन्तर्राष्ट्रिय पदक विजेतामा सरस्वती, अमृता र सोमबहादुर कुमाल छन् । उनीहरूले जनही १० हजार पाए । प्रशिक्षकहरू पुष्पराज ओझा, विक्रमजंग थापा, राकेश वज्राचार्य, छविलाल थापा र धनीराम चौधरी, पूर्व खेलाडीद्वय वैकुण्ठ मानन्धर र जितबहादुर केसी तथा पूर्व मुख्य प्रशिक्षक मधुशम्शेर राणा, विश्वप्रकाश थापा, नारायण यादव, नारायणबहादुर प्रधान, नरबहादुर शाही, मोहन घले र सुशीलनरसिंह राणा पनि सम्मानित भए । १२ औं सागका टिम व्यवस्थापक सन्तोष श्रेष्ठ पनि सम्मान भए ।

प्रतिक्रिया दिनुहोस्