Logo

आर्मीलाई वर्षको पहिलो उपाधि

वैशाख १७, २०७४- त्रिभुवन आर्मी क्लबले संकटा सँगको फाइनल हारमा क्रमभंग गर्दै शनिबार उपाधि चुमेको छ । आर्मी ०७३ सालमा तीन प्रतियोगिताको फाइनलमा संकटासँग पराजित भएको थियो । त्यसको बदला लिँदै आर्मीले वीरगन्जमा प्रथम विशाल मेमोरियल गोल्डकपको ट्रफी उचाल्यो । नारायणी रंगशालामा शनिबार सम्पन्न फाइनलमा आर्मीले संकटालाई २–० ले पराजित गरेको थियो । आर्मीका लागि दुवै गोल जर्ज प्रिन्स कार्कीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्