Logo

गीतकार राम रूवालीको ” जीन्दगी त चलेकै छ” सार्वजनिक

 दस्तावेज संवाददाता अस्ट्रेलिया,गीतकार राम रूवालीको गहकिलो शब्द, नेपालका चर्चित संगीतकार,बसन्त सापकोटाको कर्ण प्रिय संगीतमा सजिएको मिठो आबाजका धनि गायक शिब परियारको स्वरमा ” जीन्दगी त चलेकै छ” बोलको गीतको म्यूजिक भिडीयो सार्वजनिक भएकोछ। गायक शिव परियार,संगीतकार बसन्त सापकोटा, गीत रचना  राम रूवाली, मोडलहरु सुनिल बस्नेत, सिर्जना र महेश ,सम्पादन  सुप्रिम पराजुली क्यामेरा,  निर्देशक हरि हुमागाई, दिपेन्द्र के.सी. जीवनको सत्य तथ्य कथा बोकेको यो गीत भाइरल बन्दै गएको छ । राम रूवालीको शब्दमा तयार भएका गीतहरु अहिले नेपाली गीत सँगीत मन पराउने दर्शक श्रोता माझ दिनहु लोक प्रिय बन्दै गईरहेको छ । नयाँ वर्षको अवसरमा सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोका कारण पनि धेरैले यो गीत रुचाएका हुन् । म्युजिक भिडियोमा  मोडलहरु सुनिल बस्नेत, सिर्जना र महेशका कारण पनि उक्त गीत लोकप्रियताको शिखरमा चढ्दै गएको हो ।  निर्देशक हरि हुमागाईले उक्त भिडियोलाई जीवन्त पार्ने काम गरेका छन्  । 

प्रतिक्रिया दिनुहोस्