Logo

गायिकाहरूको ड्रेस सेन्स

बरु गहनामा खासै चासो राख्दिनँ, तर कपडामा चाहिँ नो कम्प्रोमाइज ।मञ्जु पौडेलहेभी एम्ब्रोइड पहिरन सकेसम्म कम लगाउन थालेकी छु ।सुनीता दुलालडिजाइन सुहाउँदो कुर्था भए पैसाको मतलब गर्दिनँ । अचेल दर्शकश्रोता कलाकारलाई राम्रो देख्न चाहन्छन् ।रितु कँडेलरातको समयमा कार्यक्रम पर्‍यो भने धेरै सचेत हुन्छु । अँध्यारोमा दर्शकश्रोताको ध्यान तान्न पहिरनले पनि सघाउँछ । -मेलिना राई

         वैशाख १३, २०७४- अचेल दर्शकश्रोताको मन जित्न स्वर मात्र पर्याप्त हुँदैन । पर्फर्मेन्स र स्टाइलमा पनि ध्यान दिनुपर्ने हुन्छ, जसमा ड्रेसअपले ठूलो अर्थ राख्छ । गेटअप चिटिक्कको भयो भने दर्शकश्रोताको आधा मन त्यसै जितिन्छ ।

         गायिका मेलिना राई पहिरनको छनोट कसरी गर्ने भन्नेमा निकै गम्भीर हुन्छिन् । ‘खास गरी रातको समयमा कार्यक्रम पर्‍यो भने धेरै सचेत हुन्छु,’ उनी भन्छिन्, ‘किनकि अँध्यारोमा दर्शकश्रोताको ध्यान तान्न पहिरनले पनि सघाउँछ ।’

      नाइट प्रोग्रामका लागि ब्राइट डिजाइन्ड पहिरन सुहाउने उनको अनुभव छ । ‘डेमा त क्याजुअल नै फिट हुन्छ,’ उनी भन्छिन् । जिन्स र टिसर्टमा सहज अनुभव गर्ने उनीसित गाउन लगाएर पनि प्रस्तुति दिएको अनुभव छ । तर, सहजताको हिसाबले गाउन पहिरन गाह्रो हुने उनी बताउँछिन् । अचेल भने उनी छरितो र आफ्नो शरीरमा सुहाउने डिजाइन गर्न लाउँछिन् ।

     एक महिनापछि कार्यक्रम प्रस्तुतिका लागि यूके जान लागेकी मेलिनाले थुप्रै ड्रेस डिजाइन गर्न अर्डरसमेत दिइसकेकी छन् । ‘गुड लुकिङ, गुड रिजल्ट’ भन्ने उनको मान्यता छ । त्यसैले आफ्नो व्यक्तिव झल्काउन उनी पहिरन छनोटमा विशेष चनाखो हुनुपर्ने बताउँछिन् ।

      त्यस्तै, गायिका रितु कँडेल आफूलाई आधुनिक र फेसनेबल कुर्थामा राम्रो देखिने बताउँछिन् । त्यसैले सांगीतिक कार्यक्रमहरूमा उनी प्राय: कुर्थामै सजिएकी हुन्छिन् । १० हजारदेखि २० हजार रुपैयाँसम्मको लगानीमा उनले कुर्था डिजाइन गरेकी छन् । ‘डिजाइन सुहाउँदो भए पैसाको मतलब गर्दिनँ,’ उनी थप्छिन्, ‘अचेलका दर्शकश्रोता राम्रो देख्न चाहन्छन् ।’

      गायिका सुनीता दुलाल पनि पहिरन छनोटमा उत्तिकै कन्सस हुन्छिन् । अरू बेला टिसर्ट पाइन्ट, गाउन, कुर्था जस्ता क्याजुअल ड्रेस लगाए पनि कार्यक्रममा सहभागी हुँदा उनी सारी नै रोज्ने गर्छिन् । तर, पछिल्लो समय उनको सारी छनोट गर्ने मटेरियल भने फरक हुन थालेको छ । हेभी, जर्जियट र गहना भरिएका सारी उनले सकेसम्म कम प्रयोग गर्न थालेकी छन् । सिफन र सिल्कका सारी लगाउँदा गाउँदै नाच्न सहज हुने उनले सुनाउँछिन् ।

        ‘हेभी एम्ब्रोइड पहिरन सकेसम्म कम लगाउन थालेकी छु,’ उनी भन्छिन् । अमेरिका, क्यानाडा, अस्ट्रेलियालगायतमा रहेका नेपाली दर्शकश्रोताले उनीसँग सामाजिक सञ्जालबाटै ब्राइडल पहिरन मगाउने गर्छन् । एक महिनाको अवधिमा नेपालमै बस्दा उनले थुप्रै पहिरन दर्शकश्रोताका लागि तयार पारेकी छन् । उनी मे महिनाको पहिलो साता अमेरिका जाँदै छिन् ।

       गायिका मञ्जु पौडेलका फयानहरू पनि उनको पहिरनको प्रशंसा गर्छन् रे । मुलुकभित्र होस् या बाहिर, सांगीतिक कार्यक्रममा सहभागी हुँदा दर्शकश्रोताबाट आफूले पहिरन छनोटका लागि राम्रै तारिफ पाउने उनी दाबी गर्छिन् । ‘बरु गहनामा खासै चासो राख्दिनँ,’ उनी भन्छिन्, ‘कपडामा चाहिँ नो कम्प्रोमाइज ।’

      ‘स्वरको निर्खानुसँगै ड्रेस सेन्स पनि राख्न जरुरी छ,’ मञ्जु भन्छिन्, ‘विदेशका दर्शक त तपार्इंकै जस्तो पहिरन कसरी बनाउने भन्दै आइडिया माग्दै आउँछन् ।’

      कुनै समय आफूले कमाइको ठूलो हिस्सा पहिरनमै खर्च गरेको उनको अनुभव छ । अचेल भने भइरहेकै कपडामा अलिकता कन्ट्राक्स लुक्स दिएर फेरबदल गरी नयाँ ड्रेस बनाएर लगाउने गर्छिन् उनी । ‘पहिलेकै लेहंगामा चोली नयाँ किनेर लगाए डिफरन्ट देखिहाल्छ नि,’ उनको फेसन टिप्स छ, ‘ड्रेसको कलात्मकता त्यसको प्रयोग गर्ने तरिकामा हुन्छ ।’

  साभार कान्तिपुर

प्रतिक्रिया दिनुहोस्