Logo

कमेडी किङ चार्ली

चार्ली च्याप्लिन भन्ने बित्तिकै शायद नचिन्ने कमै होलान् । अभिनय र हाँस्य कलामा एक जीवन्त कलाकारको नाम हो चार्ली च्याप्लिन । २० औं शताब्दिका विश्वप्रख्यात कलाकार मध्ये उनको नाम अग्रपंक्तिमा आउँछ । अप्रिल १६ मा आजभन्दा करिव एकसय बर्षअघि लण्डनको एक सामान्य परिवारमा चार्लीको जन्म भएको थियो । गरिब परिवारमा जन्मिएका चार्लीको बाल्यकाल दुखै दुख र अभावमा बितेको थियो । उनका बुबा जँड्याहा र सन्काहा थिए । पारिवारिक मतभेदको कारण उनकी आमाले मानसिक सन्तुलन समेत गुमाउन पुगेकी थिईन् । परिवारमा रेखदेख गर्ने कोही नभएको कारणसात बर्षको उमेरमा उनि एक आश्रममा पुर्याईएका थिए ।
पारिवारिक अवस्था बिग्रेकोले स्कुलको पढाई पुरागर्न पाएनन् । १३ बर्षको उमेरमा उनी बाँच्नको लागि मनोरञ्जनको दुनियाँमा छिरे । त्यसपछि उनि नृत्यका साथै स्टेज कार्यक्रम पनि गर्दथे । १६ बर्षको हुँदा उनि अमेरिकाको फिल्म स्टुडियोको लागि छानिए । त्यसपछि चार्लीले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।
चार्लीले सन् १९४० मा जर्मन शासक हिटलरमाथि फिल्म बनाए । जसको नाम थियो ‘द ग्रेट डिटेक्टर’ । जसमा उनि हिटलरको रोलमा अभिनय गरेका थिए । उक्त रोलमा सबैले उनको मजाक उडाएका थिए । तथापि उनले कहिल्यै हार मानेनन् । कठिन संघर्षको वावजुद फिल्म रिलिज भएको २१ बर्षपछि उनले ख्यातिप्राप्त पुरस्कार ‘ओस्कार अवार्ड’हात पार्न सफल भएका थिए ।  उनको फिल्म ‘लाईमलाईट’लस एन्जलसमा १९७२ पछिमात्र रिलिज भएकोले उनलाई १९७३ मा ओस्कार अवार्डले सम्मानित गरिएको थियो ।

                          सन् १९७५ मा बेलायतकी महारानी एलिजावेथ द्धितियाले उनलाई ‘नाईट’को उपाधी दिएकी थिईन् । कठिन संघर्ष गर्दागर्दै सन् १९७७ मा क्रिसमसको दिन ८८ बर्षको उमेरमा चार्लीको निधन भएको थियो । त्यसको तीन दिनपछि चार्लीको शव चिहानबाट चोरी भएको थियो । चोरहरुले उनको शव फिर्ता गर्न पैसा समेत मागेका थिए । चार्लीको शव चोरिएको ठिक एक हप्तापछि प्रहरीले उनको शव चोर्नेलाई पक्रन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्