Logo

मनीषा भन्छिन् , ‘क्यान्सरपछि एलियन जस्तो भएकी थिएँ ‘

नेपाली मूलकी बलीउड अभिनेत्री मनीषा कोइरालाले हालैमा एक अन्तर्वार्ताको क्रममा क्यान्सरको उपचारपछि आफु एलियन जस्तो देख्न लागेको बताएकी छिन् । मनीषाका अनुसार, किमोथेरापीका कारण उनको कपाल पूरै झरेको थियो । बताइदिउँ, मनीषा लामोे समयदेखी फिल्मबाट टाढा छिन्, तर संजय दत्तको जीवनमाथी आधारित भएर निर्माण भैरहेको बायोपिक फिल्ममा भने उनी संजयकी आमा नरगिसको भूमिकामा देखिँदैछिन् । यो फिल्ममा संजय दत्तको भूमिका रणबीर कपूरले निर्वाहा गरेका छन । 

                       

              १९४२ मा आएको ‘सौदागर’ जस्ता फिल्ममा काम गरिसकेकी मनीषालाई डिसेम्बर २०१२ मा ओवेरियन क्यान्सर भएको थियो । त्यसपछि उनी अमेरिका गइन् र करिब ६ महिनासम्म् उनको उपचार भयो । जब उनीसँग अन्तर्वार्ताको क्रममा सोधियो, ‘किमोथेरापी लिएपछि के तपाई आफ्नो लुकलाई लिएर चिन्तित हुनुहुन्थ्यो ?’ उनले भनिन्, ‘मलाई यो त थाहा थियो कि मेरो कपाल झरिसकेको छ तर म आफ्नो लुकलाई लिएर श्योर थिइन् ।’ 
 
              मनीषाले अगाडी थपिन, ‘क्यान्सर जस्तो विरामीबाट लडेर निस्किएको मान्छेको लुक पक्कै पुरानो जस्तो त हुँदैन । मलाई थाहा थियो कि क्यान्सरबाट लड्नका लागि म मेन्टली तयार हुनु पर्छ र यसका लागि मलाई फ्यामिलीको पूरा सपोर्ट मिल्यो । किमोथेरापीपछि मेरो कपाल र आईब्रो पूरै झरेको थियो । त्यसबेला जब म ऐना हेर्थें तब आफुलाई एलियन जस्तो महशुस गर्थे ।’ २ मे, २०१३ मा मनीषा पूरा रुपमा क्यान्सरबाट ठिक भएकी हुन् ।
 

 

 
प्रतिक्रिया दिनुहोस्