Logo

दुई दिनमै ‘राधे’लाई करोड ग्रस

पछिल्ला रिलिज केहि फिल्मले आशातित विजनेस गर्न नसक्दै गर्दा एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको क्रेज खस्किँदै गएको चर्चा सुरु भएको थियो । तर बैशाख १ रिलिज ‘राधे’बाट निखिलले क्रेज जिवितै रहेको प्रमाणित गरेका छन् । ‘राधे’ ले बम्पर ओपनिङ गरेको छ ।

नयाँ बर्षमा रिलिज फिल्मको ओपनिङ दमदार रह्यो । ६० बढि हलमा एकसाथ प्रदर्शनमा आएको फिल्मले शुक्रबार दमददार ओपनिङ गरेको थियो । त्यसको निरन्तरता शनिबार पनि भयो । दुई दिन नै फिल्म लागेका अधिकांश हल दर्शकले भरिभराउ भए ।

प्रतिक्रिया दिनुहोस्