Logo

कांग्रेस युवा नेताद्वारा युवतीमाथि बलात्कारको प्रयास

काठमाडौं / तनहुँमा एक युवतीमाथि कांग्रेस युवा नेताले बलात्कारको प्रयास गरेका छन् । तनहुँको भीमादमा रहेको नारायण मेडिकल हलका संचालक तथा कांग्रेसका भीमाद नगरपालिका–६ का वडा अध्यक्षका दाबेदार नारायण प्रसाद लम्सालले मेडिकलमा उपचार गर्न आएकी युवतीमाथि बलात्कार प्रयास गरेका हुन् ।

भीमाद स्वास्थ्य चौकीका कर्मचारीसमेत रहेका उनले स्याङजा, चित्रेबाट उपाचार गराउन आएकी युवतीलाई मेडिकलमा उपचार सामाग्री नभएको भन्दै नजिकैको मुक्तिनाथ होटलमा लगेको पीडितले प्रहरीले वयान दिएकी छिन। होटलमा लगेर युवतीलाई जबरजस्ती गरेपछि युवती चिच्याएकी थिइन् ।

लम्साल विरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय तनहुँमा मुद्धा दायर गरेको छ भने उनलाई कारबाही गर्न माग गर्दै स्थानीयहरु नारायण मेडिकल हलमा धर्ना दिएका छन् ।यो घटनापनि मिलाउन भन्दै स्थानीय कांग्रेस नेताहरुले दबाब दिइरहेको पीडित पक्षले बताएका छन् । आरोपी लम्सालको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्