Logo

पारसको टिम चौराहले उचाल्यो धनगढी प्रिमियर लिगको उपाधि

 

वैशाख ९, २०७४, सगरमाथा धनगढी प्रीमियर लिग (डीपीएल) क्रिकेटको उपाधि टिम चौराह धनगढीले जितेको छ । शनिबार टिम चौराह र विराटनगर किंग्सबीच भएको खेलमा विराटनगर विरुद्ध ६२ रनको जित निकाल्दै चौराहले उपाधि जितेको हो ।

एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा भएको फाइनलमा टस जितेर व्याटिङमा आएको चौराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

जवाफी व्याटिङमा आएको विराटनगर किंग्सले १८.१ बलमा अल आउट हुँदै ९७ रन बनायो ।

टिम चौराहले ट्रफीसँगै १५ लाख रुपैयाँ नगद प्राप्त गरेको छ भने उप विजेताले ७ लाख रुपैयाँ नगद प्राप्त गरेको छ ।

सगरमाथा धनगढी प्रीमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढीले विराटनगर किंग्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ । एसएसपी क्रिकेट मैदान धनगढीमा टस जितेर व्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनायो ।

सगरमाथा धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढी र विराटनगर किंग्स भिड्दै छन् । फाइनल एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा शनिबार ११ बजे सुरु हुने छ ।

आज बिहान टिम चौराहका कप्तान पारस खड्काले टस जितेका छन् । टस जितेर उनले पहिला व्याटिङ गर्ने निर्णय गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्