Logo

धरान फिटनेशका मिलनचन्द्र चौथो मिष्टर कोशी -तस्बिरसहित

धरान/धरान फिटनेशका मिलनचन्द्र राईले चौथो मिष्टर कोशी अञ्चल स्तरीय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् ।

तस्बिरहरूः भाेजराज श्रेष्ठ

एलाइनेट जिमको १४ औं प्रस्तुती रहेको ‘चौथो मिष्टर कोशी’ को उपाधिसगै उनले ५० हजार रुपैयासहित ट्रफी र जगर मेसिन प्राप्त गरेका छन् । त्यस्तै मोरङ विराटनगरका रमेश कार्की फष्ट रनरअप बन्दै नगद २५ हजार रुपैया पाए । एनिटाइम जिम धरानका उत्तम खत्री सेकेण्ड रनरअप बन्दै नगद १५ हजार रुपैया प्राप्त गरे । उनी मोष्ट इम्प्रुभमेन्ट बडीविल्डर घोषितसमेत भए ।
मोरङ विराटनगरका रविन तामाङ चौथो बन्दै नगद १० हजार रुपैया प्राप्त गरे । यसैबीच मिष्टर नेपाल बनिसकेका पारष भुजेलले अन्तर्राष्ट्रिय ‘सेभेन पोज’ मा डेमोष्ट्रेसन देखाएका थिए । एसियन निर्णायक पुष्प श्रेष्ठ, शिवु मुखियासहितको राष्ट्रिय निर्णायकहरुले अन्तिम छनौट गर्दै विजेता घोषणा गरेका थिए ।
विजेताहरुलाई मुख्य प्रायोजक फिटनेश च्वाइसका प्रमुख उत्तम सिलवाल र आयोजक एलाइनेटका कार्यक्रम संयोजक बिक्रम लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्