Logo

कवि नदिया लिवाङको ‘चित्कार’

गत वर्ष न्यूयोर्क स्थित अफ ब्रडवे थिएटरमा  पहिलो पटक मंचन गरिएको नाटक “जोडियोस् भत्किएका मनहरु” लगायत अंग्रेजी भाषामा निर्माण भएको लघु चलचित्र “पोईजनर” मा समेत उत्कृष्ट अभिनय गरिसक्नु भएका कवि तथा गीतकार नदिया लिबाड्०को “बन्द कोठा भित्रको चित्कार” शिर्षकको कविता उहांकै स्वरमा वाचन गरिएको भिडीयो हालै युट्युबमा सार्वजनिक भएको छ ।
कवि नदिया लिवाङ अमेरिकी प्रवासमा रहेर पनि नेपाली जनजीवन र समाज प्रति सरोकार राख्दै सामाजिक सचेतनाको लागि कविताको माध्यमबाट जागरणको शंखघोष गर्दै कलम चलाउने उदियमान साहसिक कवि हुन् ।
               उनले हाम्रै समाज वरीपरी घटेका पीड़ादायी परिदृश्यहरुलाई कवितामा समेटेर दयाहिन नरपिशाचहरुलाई खबरदारी गर्दै लेखेको कविता हो यो “बन्द कोठा भित्रको चित्कार”,  जसलाई शब्द लेखनमा कतिपनि कन्जुस्याई र ढुलमुल नगरी साहसिक रुपमा सशक्त बनेर अभिव्यक्त गरेकी छिन् ।
यो कविता केवल एउटी नारीको चित्कार मात्र होईन, ति सबै नारीहरुको सामुहिक चित्कार हो, जो आफ्नै मान्छेबाट बेचिएर बाध्यतामा नारकिय जीवन बिताईरहेका छन् । यो हाम्रो सामुहिक समस्या हो । समाज जागरुक भएर यस्तो अन्यायपूर्ण असामाजिक कृयाकलाप रोकिनु पर्छ भनि कवि नदिया लिबाड्० कलम भएर सशक्तरुपमा पोखिएको छ । उनको कलमलाई हाम्रो सलाम !
यस कविता वाचनको दृश्य छायांकन तथा निर्देशन न्यूयोर्क स्थिक ओम मेगा गीत रेकर्डिङ स्टुडियोका ओम कर्माचार्यले गर्नु भएको हो ।
पंक्तिकार: ज्योतिकुमार श्रेष्ठ, न्यूयोर्क ।
प्रतिक्रिया दिनुहोस्