Logo

फेसन फ्राइडे एडिसन वान

दस्तावेज प्रतिनिधी काठमान्डौं , फाल्गुन १, २०७३  , शुक्रबार कर्म बार एन्ड लन्चमा फेसन फ्राइडे एडिसन वान आयोजना भयो । डिजाइनर तेन्जिङ भुटिया र कर्म बार एन्ड लन्चद्वारा आयोजित उक्त फेसन शोमा विभिन्न ३ फरक थिमका ३ वटा सिक्वेन्समा ८ जना मोडल र्‍याम्पमा हिँडेका थिए । पहिलो सिक्वेन्समा कार्निभल थिमका पहिरन प्रस्तुत गरियो भने दोस्रो र तेस्रोमा क्रमश: लव, रोमान्स र द क्रियटिभिटीका आकर्षक पहिरनमा मोडल र्‍याम्पमा हिँडे । नायिका तथा मोडल माला लिम्बू सोटपरका रूपमा र्‍याम्पमा देखिएकी थिइन् ।

लोकप्रिय डिजाइनर तेन्जिङ भुटियाले तयार पारेका फेसन शोका सम्पूर्ण पहिरनमा नयाँपन झल्किन्थ्यो ।
फेसन ईन्डस्ट्रीजलाई बढावा दिन र डिजाइनरहरूलाई प्रोत्साहन गर्नका लागि यस्तो फेसन शोको आयोजना गरिएको डिजाइनर तेन्जिङले बताए । फेसन शोको कोरियोग्राफी सिजन भट्टचनले सम्हालेका थिए भने कार्यक्रमको होस्ट समृद्धि राईले गरेकी थिइन् । कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन सास्ला डान्स निकै दम्दार शैलीमा प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्