Logo

कञ्चनपुर आइकोनिकले सीवाइसी अत्तरियालाई ६ विकेटले हरायो

वैशाख ३, २०७४- सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत सातौं दिनको दोस्रो खेलमा कञ्चनपुर ओइकोनिकले सीवाइसी अत्तरियालाई ६ विकेटले जितेको छ । यो जितसँगै कञ्चनपुर आइकोनिकको प्लेअफमा पुग्ने सम्भावना जीवितै छ । एसएसपी कार्यालय मैदान धनगढीमा भएको खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको सीवाइसी अत्तरियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको थियो । जवाफी व्याटिङमा आएको कञ्चनपुर आइकोनिकले १० ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । 

                              खेलको पहिलो इनिङ्समा सीवाइसी अत्तरियाबाट प्रदीप ऐरी २९ , ज्ञानेनद्र कुँवर नटआउट १५ दीलिपनाथले ११ र सुरेन्द्र चन्दले १० रन बनाए । कञ्चनपुरका लागि अविनाश कर्ण र सुनील धमलाले ३/३ विकेट लिए । यसैगरी दोस्रो इनिङ्समा व्याटिङको लागि आएको कञ्चनपुर आइकोनिकका सुनील धमलाले २८, सागर पुन र हसिम अन्सारीले २२/२२ रन बनाए ।सीवाइसी अत्तरियाको तर्फबाट विनोद लामाले २ विकेट लिए भने ज्ञानेन्द्र कार्कीले १ विकेट लिए । 

                                     सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत सातौं दिनको दोस्रो खेलमा सीवाइसी अत्तरियाले  कञ्चनपुर ओइकोनिक सामु ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । एसएसपी कार्यालय मैदान धनगढीमा भइरहेको खेलमा कञ्चनपुर आइकोनिकले टस जितेर पहिला फिल्डिङ रोजेको थियो  । सीवाइसी अत्तरियाबाट प्रदीप ऐरी २९ , ज्ञानेनद्र कुँवर नटआउट १५ दीलिपनाथले ११ र सुरेन्द्र चन्दले १० रन बनाए । कञ्चनपुरका लागि अविनाश कर्ण र सुनील धमलाले ३/३ विकेट लिए । 

                                      सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत सातौं दिनको दोस्रो खेल सीवाइसी अत्तरिया र कञ्चनपुर ओइकोनिकबीच भइरहेको । एसएसपी कार्यालय मैदान धनगढीमा भइरहेको खेलमा कञ्चनपुर आइकोनिकले टस जितेर पहिला फिल्डिङ रोजेको छ । आइतबार दिउँसो भइरहेको खेल सीवाइसी अत्तरियाले विजय हात पारे प्ले अफमा पुग्ने छ । कञ्चनपुर आइकोनिकको प्ले अफमा पुग्ने झिनो आशा मात्रै छ । राउन्ड रोविनमा दुवै टोलीको यो अन्तिम खेल हो । जसमा सीवाइसीले २ र कञ्चनपुर आइकोनिकले १ खेलमा जित हात पारेको छ । 

एजेन्सिको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्