Logo

अन द फ्लोरमा यस्ता पहिरनमा सजिए मोडल

काठमाडौं, १ बैशाख । साँझ पर्दैजाँदा होटल सोल्टी क्राउन प्लाजाको सभाहल फेसनमय बन्दैथियो, जहाँ डेढ दर्जन भन्दा बढी व्यवसायिक मोडलहरु ‘परी’ रुप धारणमा स्टेज नाप्ने तयारी गर्दैथिए । झमक्क साँझले छोपेसँगै म्युजिकको तालमा स्टेजमा उत्रिएका मोडलहरुले मंगलबार एकाएक माहोल तताए ।

   प्रशंग ‘एञ्जल अन द फ्लार’ नामक फेसन शोको हो । आरएनआर गु्रपले आयोजना गरेको उक्त फेसन शोमा विभिन्न डिजाइनरले तयार गरेको पहिरनमा मोडलहरुले ¥याम्प नोपका थिए । मोडलहरु कमल मानन्धर, शोभा महर्जनलगायतका डिजाइनरले तयार गरेका गाउन, वानपिसजस्ता समर पहिरनमा स्टेजमा उत्रिएका थिए । साथै, नोभा र वाचु जिन्सको समर पहिरनमा मोडलहरु स्टेजमा उत्रँदा बेग्लै रौनकता छाएको थियो । रोजिन शाक्यको कोरियोग्राफीमा १६ जना व्यवसायिक मोडलहरु प्रस्तुत उक्त फेसन शोमा मोडल विपना थापा र सिर्जना राईले शोज्टपरका रुपमा -याम्प नापे ।

संस्थाकी अध्यक्ष तथा इभेन्ट निर्देशक मञ्जु श्रेष्ठले भनिन्, ‘नेपाली नयाँ वर्षको स्वागतार्थ फेसन शो गरिएको हो ।’ मिङ्स भोड्का’ को मुख्य प्रायोजन गरेको कार्यक्रममा गायक दीपक लिम्बू, र गायिका मिलन अमात्यले सांगीतिक प्रस्तुती पस्केका थिए ।

साँझ पर्दैजाँदा होटल सोल्टी क्राउन प्लाजाको सभाहल फेसनमय बन्दैथियो, जहाँ डेढ दर्जन भन्दा बढी व्यवसायिक मोडलहरु ‘परी’ रुप धारणमा स्टेज नाप्ने तयारी गर्दैथिए । झमक्क साँझले छोपेसँगै म्युजिकको तालमा स्टेजमा उत्रिएका मोडलहरुले मंगलबार एकाएक माहोल तताए ।

प्रशंग ‘एञ्जल अन द फ्लार’ नामक फेसन शोको हो । आरएनआर गु्रपले आयोजना गरेको उक्त फेसन शोमा विभिन्न डिजाइनरले तयार गरेको पहिरनमा मोडलहरुले ¥याम्प नोपका थिए । मोडलहरु कमल मानन्धर, शोभा महर्जनलगायतका डिजाइनरले तयार गरेका गाउन, वानपिसजस्ता समर पहिरनमा स्टेजमा उत्रिएका थिए । साथै, नोभा र वाचु जिन्सको समर पहिरनमा मोडलहरु स्टेजमा उत्रँदा बेग्लै रौनकता छाएको थियो । रोजिन शाक्यको कोरियोग्राफीमा १६ जना व्यवसायिक मोडलहरु प्रस्तुत उक्त फेसन शोमा मोडल विपना थापा र सिर्जना राईले शोज्टपरका रुपमा -याम्प नापे ।

संस्थाकी अध्यक्ष तथा इभेन्ट निर्देशक मञ्जु श्रेष्ठले भनिन्, ‘नेपाली नयाँ वर्षको स्वागतार्थ फेसन शो गरिएको हो ।’ मिङ्स भोड्का’ को मुख्य प्रायोजन गरेको कार्यक्रममा गायक दीपक लिम्बू, र गायिका मिलन अमात्यले सांगीतिक प्रस्तुती पस्केका थिए ।

साभार – रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्