Logo

मिसेज हिमालयन नेपाल २०१८ को ताज गोमालाई (फोटोफिचर)

स्तावेज संवाददाता, माघ ३ गते बुधवार ,२०७४,काठमाडौं — ‘मिसेज हिमालयन नेपाल २०१८’ को पाँचौँ संस्करणको उपाधि गोमा अधिकारीले हात पारेकी छिन् । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको ‘मिसेज हिमालयन नेपाल’ मा उनले अन्य १५ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधि हात पारिन् ।

उनले उपाधि सहित विभिन्न गिफ्ट ह्याम्पर र सिङापुरमा आयोजना हुने ‘मिसेस एसिया प्यासिफिक ईन्टरनेसनल २०१८’ मा नेपालबाट प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरिन ।

त्यस्तै फस्ट रनरअपमा बिन्दु लामा घोषित भइन । उनले पनि उपाधि सँगसँगै सिंगापुरमा आयोजना हुने ‘मिसेस एसिया प्यासिफिक ग्लोबल २०१८’मा भाग लिन पाउने अवसर प्राप्त गरिन् । सेकेण्ड रनरअपको ताज भने रचना ज्ञावलीले प्राप्त गरिन्।

अमेजन इन्टरटेनमेन्टद्धारा बिवाहित महिलाहरूको क्षमता अभिवृद्धि, आन्तरिक कला प्रस्फुटन र सामाजिक काममा अग्रसर गराउने अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको नेपालकै पुरानो प्रतिष्ठित प्रतियोगिता “मिसेज हिमालयन नेपाल २०१८” को अनलाइन भोटिङ मार्फत मिसेस पब्लिक चइस अवार्ड रिचा कवैले हात पार्न सफल भइन् ।

त्यस्तै अन्य टाईटल बिजेताहरुमा बेस्ट हेयरमा उनिशा राई,बेस्ट स्किनमा एलिजा रोक्का,बेस्ट फोटोजेनिकमा करुणा जोशी,बेस्ट स्माईलमा प्राप्ति श्रेष्ठ,मस्ट कन्फिडेन्समा रिचा कवै,मिसेस ट्यालेन्टमा रचना ज्ञावली, मस्ट स्मार्टमा प्रमिला सिंह ठकुरी, बेस्ट पर्सोनालिटीमा गोमा अधिकारी, मस्ट चार्मिङमा लामु शेर्पा, मस्ट एक्टिभमा निरु शाह ठकुरी,मस्ट ईन्टलेजेन्टमा बिन्दु लामा,बेस्ट ड्रेसमा गोमा अधिकारी र मस्ट पपुलरको अवार्ड रिचा कवैले हात पारेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिमा संचारकर्मी, मोडेल कला सुब्बा हुनुहुन्थ्यो । त्यस्तै अन्य निर्णायकहरूमा म्युजिक भिडियो तथा टेलिभिजन कमर्सियल निर्देशक तथा आर्टिस्ट नेपालका संस्थापक सञ्चालक नव ढुंगेल,मिसेस ग्लोबल विजेता दोर्जे डोल्मा गुरुङ,नृत्य निर्देशक एवं ईभेन्ट म्यानजर महेश केसी,नायक बिक्रान्त बस्नेत नायिका तथा फेसन डिजाईनर क्षितिजा शाक्य हुनुहुन्थ्यो ।

प्रतियोगितालाई विभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था अमेजन इन्टरटेनमेन्टका अध्यक्ष कमल खतिवडाले मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गर्नुभएको थियो भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि बिजेताहरुलाई थप ट्रेनिङ दिन लागेको पनि बताउनुभयो ।

कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गर्नुभएको थियो । प्रतिस्पर्धीहरुलाई शुभ श्रृंगार ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, ईन्टरनेसनल ब्युटी क्लब एन्ड एकेडेमी र मन्जुर ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरको मेकअपमा अनुग्रह फेशन बुटिकको ड्रेसमा ड्रिम सर्च एजेन्सीले अफिसियल फोटोग्राफी गरेको थियो ।

प्रतिस्प्रधाको लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो । कार्यक्रममा साङ्गीतिक रूपमा गायक विश्व आरके, गायिका ताया हांङ्मा राई र नृत्यतर्फ ममता तामाङ मनिषा थापा, त्यस्तै सुम्निमा पाण्डे र राज केसीको आकर्षक प्रस्तुतिले थप रौनक प्रदान गरेको थियो ।

                 फोटो : कमल निकोन छेत्री, सगुन श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्