Logo

‘सुपर नेक्स्ट टप मोडल आइकनिक २०१८’ को उपाधि सविन र ज्योतिलाई

स्तावेज संवादादाता,पौष २५ गते, मंगलबार ,२०७४,काठमाडौँ  – प्रतिस्पर्धी युवा युवतीहरुलाई सञ्चार दक्षता, , पब्लिक स्पिकिङ, व्यक्तित्व विकास,आत्मविश्वास एवं क्षमता अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि बिभिन्न विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मबिश्वासलाइ थप मजबुत बनाइ आफूभित्र लुकेको प्रतिभा उजागर गराउने उद्देश्यले क्रिएसन प्रोडक्सन प्रा.लि.द्दारा आयोजित तथा सान मिगेल बीयर द्दारा प्रायोजित राष्ट्रिय नाचघरमा सम्पन्न “सुपर नेक्स्ट टप मोडल आइकनिक – २०१८ “को ग्राण्ड फिनालेमा पुरुषतर्फ सविन गुरुङ्ग र महिलातर्फ ज्योति थापा बिजेता बन्न सफल भएका छन् ।

भरतपुर,पोखरा,काठमाण्डौं,तनहुँ,सिन्धुपाल्चोक,हेटौंडा लगायत अन्य जिल्लाबाट प्रतियोगितामा भाग लिएका १६ प्रतिस्पर्धी मध्ये आफूलाई बौद्धिक रुपमा अब्बल साबित गरी प्रतिस्पर्धीहरुलाई पछि पार्दै सविन र ज्योतिले उक्त ताज पहिरिन सफल भएका थिए । त्यस्तै फर्स्ट रनरअपमा  पुरुषतर्फ पवन गुरुङ्ग र सेकेन्ड रनरअपमा संकिृत कंडेलले उपाधि जित्न सफल भएका थिए भने महिलातर्फ फर्स्ट रनरअप अनिता पून: र सेकेन्ड रनरअपमा पूर्णिमा थापाले उपाधि हासिल गर्न सफल भए । उक्त कार्यक्रममा विजयीहरुले ताज सहित विभिन्न गिफ्ट ह्याम्परपनि प्राप्त गरेका थिए ।

सुपर नेक्स्ट टप मोडल आइकनिक २०१८ अन्तिम प्रतिस्पर्धामा प्रमुख अथिती जनता टेलिभिजनकी बिपुला जोशी खनालले पानसमा बत्ती बालेर कार्यक्रमको स्वागत गरेकी थिईन् । उक्त अवसरमा संचारकर्मी तथा आर्टिष्ट नेपाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र लुईंटेल (राज), मोडल तथा नायिका महिमा सिलवाल, नायक शितल के.सी. तथा बर्षा बस्नेतले निर्णायक मण्डलमा रहेर बिजेता घोषणा गरेका थिए । यसका साथै “सुपर नेक्स्ट टप मोडल आइकनिक – २०१८ ” सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी निशान्त फोटोग्राफीका निशान्त ताम्राकारले गरेका थिए ।

आयोजक क्रिएसन प्रोडक्सन प्रा.लि.की सीईओ शोभा पौडेल यस सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफूसँग भएको प्रतिभा प्रदर्शन गरी समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा बिस्वस्त छिन् । सीईओ पौडेल सफल ईभेन्ट आयोजक मात्र नभै मोडलको रुपमा पनि सक्रिय रुपमा लाग्दै आएकी छिन् । भविष्यमा यस्ता कार्यक्रमले गर्दा युवायुवतीहरुलाई प्रोत्साहन मिल्नुका साथै भबिष्य निर्माणमा सहयोग पुग्ने कुरापनि उनले बताईन् । पूर्व मोडलहरुको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन यशोदा राईले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्