Logo

मागी गुम्बा नामक संस्थाको सातौं बार्षिक साधारण सभा सम्पन्न

रौतहट जिल्लाको गैंडाटारमा नेपालकै सबैभन्दा अग्लो बौद्ध स्तुपाको निर्माण हुने भएको छ । सम्पूर्ण आवश्यक चरणहरू पूरा गरी निर्माणाधिन अवस्थामा रहेको मागी गुम्बा नामक संस्थाले मिति २०७५/०९/२७ गते सातौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । १३ जना सदस्य संख्या रहेको उक्त संस्थाबारे जानकारी दिंदै संस्थाका सचिव तथा स्तूपा निर्माण अभियानका संयोजक श्री ज्ञानबहादुर लामाले साधारण सभाको बैठकले नयाँ कार्य समिति चुनिएको बताउनुभयो ।

चुनिएका नयाँ कार्य समितिका पदाधिकारीहरुले स्तुपा निर्माण अभियानमा महत्वपूर्ण भूमिका खेल्नेछन् । साधारण सभाबाट मनोनित हुनुभएका नयाँ कार्य समितिहरुमध्ये अध्यक्ष श्री छोईसाङ लामा रहनुभएको छ भने बरिष्ठ उपाध्याक्षमा श्री गजलाल बाँस्कोटा ज्यू रहनुभएको छ । त्यसैगरी उपाध्यक्ष श्री लाल बहादुर ढोङ, सचिव श्री ज्ञान बहादुर तामाङ,सह सचिव श्री कमल मोक्ताङ,कोषाध्यक्ष श्री मायारानी थिङ , सदस्य श्री दीपशिखा शर्मा,सदस्य श्री शुक बहादुर तामाङ,सदस्य श्री श्याम गोले,श्री श्याम तामाङ, श्री राजेश्वरी श्रेष्ठ रहेका छन् भने बाँकी रहेका रिक्त पदहरु परिपूर्ती गरिने छ ।

आगामी बैसाखमा शिलान्यास गरिने उक्त स्तुपाको लागि संस्थाका सचिव तथा आर्थिक अभियान समितिका संयोजक श्री ज्ञानबहादुर तामाङले आर्थिक सहयोगको लागि सबैलाई आव्हाहन गर्नुभएको छ । बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहर बौद्ध स्तूपा निर्माणजस्तो पवित्र कार्यमा सहभागी भई स्तूपा निर्माणको सहयोगार्थ सम्पूर्ण धर्मालम्बी,समाजसेवी,बुद्धिजीवी बर्ग एवं सामाजिक अभियन्तालाई पनि हार्दिक अपिल गरिएको छ ।

आयोजना अवधि ५ बर्ष रहेको बौद्ध स्तुपा स्थलको कुल क्षेत्रफल १० बिघा  (६.६०) हेक्टर रहेको छ भने स्तुपाले मात्र ओगट्ने क्षेत्रफल २.३३ हेक्टर रहेको छ । बौद्ध स्तुपा स्थलको स्तुपा निर्माणको लागिमात्र लाग्ने खर्च २ अर्ब ५० करोड रहेको छ । अन्य पूर्वाधारहरू निर्माणका लागि लाग्ने कुल खर्च रु. २ अरब ५० करोड रहेको छ । कुल लागत ५ अरब रहेको उक्त आयोजनाको अवधि ५ वर्षको हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्