Logo

‘प्रेस’ लेखेको मोटरसाइकलबाट लागुऔषध कारोबारी पक्राउ

स्तावेज श्रावण १५ गते मंगलबार २०७५ काठमाण्डौं- काठमाडौंको न्युरोडबाट दुईजना लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका छन्। प्रकाउ पर्नेमा धनुषा गणेशमान चारथान नगरपालिका ४ का ३१ वर्षीय राजकुमार चौधरी र सोही नगरपालिका वसन्तपुर बस्ने ३२ वर्षीय मोहम्द शाहीद रहेका छन्। उनीहरूलाई  ‘प्रेस’ लेखेको ज. ७ प १४०४ नम्बरको मोटरसाइकलसहित महानगरीय प्रहरी वृत्त जनसेवाले सोमबार पक्राउ गरेको हो।

प्रहरीले लागु औषध कोडाइन फोसफेट्‍स डिप्लेक्स-डिसी ३५ बोतल, स्पासपोक्राम दुई ट्याब्लेट, इन्ट्रानेट २१ ट्याब्लेट र नगद २५ हजार रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले लागुऔषध काठमाडौं ल्याउदा भारतीय सीमा क्षेत्रबाट काठमाडौं आउने सवारी साधन मार्फत ल्याउने गरेको र लागुऔषध बिक्रीवितरण गर्दा कसैले शंका नगरोस भनेर ‘प्रेस’ लेखिएका मोटरसाकल प्रयोग गर्ने गरेको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ। उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्