Logo

भारतको पश्चिम बंगालमा हावा, हुरी र वर्षाले ११ को मृत्यु

स्तावेज, बैसाख ६ गते, बिहिवार २०७५, काठमाण्डौं –  भारतीय संचार माध्यमका अनुसार मंगलबार साँझ आएको आँधी तुफानले पश्चिम बंगालमा ११ व्यक्तिको मृत्यु भएको छ । मौसम विभागको अनुसार ८४ देखि ९८ किलोमिटर प्रति घण्टाको रफ्तारले हावा चलिरहेको छ । यसबाट कैयौं इलाकामा रुख ढल्नुको साथै घरको छत उडेको छ ।

 

ठाउँ ठाउँमा यातायात जाममा परेको छ । मानिसहरुलाई अफिस तथा बजार जान कठिनाइ भइरहेको छ । कैयौं ठाउँमा मेट्रोको संचालनमा पनि बाधा परेको छ । कलकत्ता म्युनिसिपिल कर्पोरेशनले डिजास्टर मैनेजमेन्ट टीमलाई बाटो सफा गर्न पठाएको छ । समाचारका अनुसार बिजुलीको वायर चुँडिदा ट्रेन सर्विसमा पनि असर परेको छ ।

एयरपोर्ट अफिसरले पनि केही फ्लाइट्स ढिलो हुने बताएका छन् र मैसेज ट्वीट गरेका छन् । त्यसैगरी केही ठाउँमा मोबाइल र इन्टरनेट पनि बन्द भएको छ । झारखंड, छत्तीसगढ र गोवामा पनि तेज हावा चल्नुको साथै वर्षा भएको थियो । 

   एजेन्सी

प्रतिक्रिया दिनुहोस्