Logo

उपसचिवले गरे आत्महत्या

स्तावेज , चैत २१ गते बुधवार ,२०७४,रूपन्देही – प्रदेश नम्बर ५ को उध्योग मन्त्रालयका उपसचिवले आत्महत्या गरेका छन्। रूपन्देही प्रहरीका अनुसार उपसचिव विष्णुहरि अर्यालले  मंगलबार राति  सुसाइड नोट लेखेर कोठामा  आत्महत्या गरेका हुन्।

‘खबर आएपछि प्रहरी घटनास्थल पुगेको प्रहरीले सुसाइड नोट फेला पारेको छ,’ रूपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने, ‘नोटमा आफू रोगी भएकाले बाँच्न मन नभएकाले आत्महत्या गरेको उल्लेख छ। पोस्टमर्टमबाट पनि आत्महत्याको पुष्टि भएको छ।’

 

प्रतिक्रिया दिनुहोस्