Logo

ल है ! सान्नानीलाई भेट्न…….अब मात्र १ दिन बाँकी

स्तावेज,फाल्गुण २४ गते बिहिवार ,२०७४,काठमाण्डौं  – चलचित्र ‘अग्नि परीक्षा’ र ‘मुटु’ ‘कान्छा’र ‘ठूली’जस्ता उत्कृष्ट सिनेमाहरूबाट नेपाली सिनेमाको इतिहासमा उत्कृष्ट निर्देशकिय छवि बनाउन सफल एभरेष्ट सूर्य बोहराको बहुप्रतिक्षित चलचित्र ‘भैरे’को उत्कृष्ट लोकभाकामा आधारित अत्यन्त मन छुने गीत ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतको रिलिज काउन्टडाउन सुरु भएको छ । छायांकन देखिनै अत्यन्त चर्चाको शिखरमा रहेको चलचित्र ‘भैरे’को गीत “सान्नानीलाई भेट्न आउँदा” बोलको गीत दर्शकहरूको व्यग्र प्रतीक्षाका वावजूद एक विशेष समारोहका बिच सार्वजनिक हुन लागेको हो । उक्त रोमान्टिक गीतमा नायक बिक्रान्त बस्नेत र वर्षा शिवाकोटीले खुलेर रोमान्स गरेका छन् ।

प्राप्त जानकारी अनुसार फागुन २५ गते एक विशेष कार्यक्रमको आयोजना गरी उक्त गीतको भव्यतापूर्वक सार्वजनिक गरिने छ ।
चलचित्रलाई थप उत्कृष्ट बनाउन नेपाली चलचित्र क्षेत्रमा बर्सौदेखि नेपाली लोक भाकाका गीतहरू समावेश गरिनु फेसनजस्तै भएको छ तथापि नेपाली समाजमा व्याप्त लोक भाका र ओरिजिनल शब्द संयोजन गरी बनाइएका लोक गीतहरू भने विरलै भेटिन्छन् । अधिकांश गीतहरूमा पुरानै शैलीको रिमिक्स पाइने हुँदा दर्शकहरूले नयाँ टेस्टको अनुभूति गर्न पाएका छैनन् ।

चलचित्र अग्नि परीक्षाको ‘हाम्लाई पनि मायाले हेर पार्बती’ , ‘मायालु कान्छा’, ‘मलाई नेपाली माया चाहिन्छ’ ,’आरोप छ मलाई’,’म त मर्छु कि क्या हो ठूली’जस्ता सुपरहिट गीतहरू नेपाली दर्शकहरूमाझ दिन सफल निर्देशक एभरेष्ट सूर्य बोहराले यसपालि दर्शकहरूलाई मनोरन्जन गराउन चलचित्र ‘भैरे’मा तीनवटा अत्यन्तै फरक शैलीका गीतहरू चलचित्र भैरेमा समावेश गरेका छन् । जसबाट दर्शकहरूले नेपाली लोक शैलीको नयाँ टेस्ट लिन सक्नेछन् ।

चर्चित निर्देशक एभरेष्ट सूर्य बोहराको चलचित्र ‘भैरे’ को गीतमा शब्द /संगीत,बसन्त सापकोटा, स्वर,यम बराल /बसन्त सापकोटा/ मेलीना राईको स्वर,संगीत संयोजन रिकेस गुरुङ, स्टुडीयो ,प्रिज्मा रहेको उक्त गीतका कोरियोग्राफर कविराज गहतराज हुन् भने सम्पादन बबी शाहको रहेको छ भने उक्त गीतको कलाकारहरुमा बिक्रान्त बस्नेत /बुध्दि तामांग /बर्षा सिबाकोटी रहेका छन् । सुन्दर प्रकृतिको अनमोल संयोजनका साथै नेपाली मौलिकताको बेजोड प्रस्तुति,नेपाली परिवेशको अत्यन्त मन छुने कथा,पटकथा,संगीत एवं बहुआयामिक शैलीमा करोडौं दर्शकको मन जित्ने उद्धेश्यले निर्माण गरिएको चलचित्र ‘भैरे’को कुल लगानी दुई करोड रहेको छ । 

चलचित्र ‘भैरे’अहिलेसम्मकै उत्कृष्ट छायांकन प्रविधि प्रयोग गरेर बनाइएको चलचित्र हो,जसले सिंगो नेपाली युवाहरूको कथा बोकेको छ ।जेठ १८ लाई लक्षित गरी प्रदर्शन मिति तय गरिएको चलचित्र ‘भैरे’को कुल बजेट २ करोड रहेको छ । चलचित्र ‘भैरे’मा दर्शकहरूले रुचाएका सर्वाधिक हिट कलाकारहरू जस्तै दयाहाङ राई लगायत दर्शकहरूको मन मुटुमा बसेका जल्दा बल्दा कलाकार बुद्धि तामाङ,सफल अभिनय गर्न माहिर सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरूका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान आदि रहेका छन् । 

यस चलचित्रमा सुनिल थापा ‘रातेकाईंला’, चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ ‘हैट’ जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहने छन् भने बाल कलाकारहरूमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ ।

नेपालय सिनेमा ईन्टरनेशनल प्रालिको ब्यानरद्धारा निर्मित निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भैरे’को निर्माता द्दय प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहनुभएको छ भने कार्यकारी निर्मातामा लेख बहादुर पुन ‘डेनिम’,सह निर्मातामा करुणाकर घिमिरे रहनुभएको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रमा सूर्य थोकरको द्दन्द निर्देशन रहेको छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्