Logo

लिफ्टभित्रै पिसाब गरेपछि बटन सट भएर अड्किएको भिडियो भाइरल (भिडियो सहित )

स्तावेज,फाल्गुण १६ गते बुधवार ,२०७४,बेईजिङ – चीनमा एक युवकले लिफ्टमै पिसाब गरेपछि बटन सट हुँदा त्यसभित्रै अड्किन पुगेका छन् । उनको यो भिडियो सार्वजानिक सुरक्षा मन्त्रालयले फेला पार्नेबित्तिकै चर्चित चिनियाँ साइट वेइबोमा शेयर गरेको बताइएको छ । 

नागरिकहरुलाई आफ्ना बच्चाको शिक्षामा ध्यान दिन र राम्रो हेरचाह गर्न आग्रह गर्दै शेयर गरेको मन्त्रालयले बताएको हो । तर शेयर भएलगत्तै भिडियो भाइरल भएपछि लाखौँ प्रयोगकर्ताले उनको हर्कतलाई ‘कर्मको फल पाएको’ भन्ने प्रतिक्रिया दिएका हुन् । यसपछि युट्युबमा पनि यो पोस्ट हुँदा घटनाले झन धेरै चर्चा पाएको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् ।  चीनमा मात्र यसलाई १ करोड भन्दा बढीले हेरिसकेको बताइएको छ । 

भिडियोमा ती युवक एक्लै लिफ्टमा यात्रा गरिरहँदा अचानक लिफ्टको कन्ट्रोल प्यानलसम्म पुग्ने गरि पिसाब गरेको देख्न सकिन्छ । तर यसपछि उनले त्यहाँबाट बाहिर निस्किन खोज्दा लिफ्टको ढोका खुल्नुअघि नै बिग्रिएको संकेत गरि पुनः बन्द भएको देखिन्छ । त्यसपछि आत्तिएका ती युवक लिफ्टको सबै बटनहरु थिच्न खोज्छन् तर भर्खर मात्र आफूले त्यहीँ पिशाब गरेको सम्झिएपछि हत्तपत्त पछि हट्छन् ।  यसपछि सो लिफ्टको बटनबाट धुँवा निस्किए जस्तो देखिन्छ र लिफ्ट त्यहीँ रोकिन पुग्छ । यति मात्र नभएर त्यहाँको बत्ती समेत आउँदैजाँदै गर्न थाल्छ र अन्त्यमा अन्धकार हुन्छ । 

घटनाबारे चीनको स्थानीय संचार माध्यमले दिएको खबरअनुसार केही समयमै उनलाई त्यहाँबाट उद्धार गरिएको थियो । चीनको छोङकिङ शहरमा शुक्रबार भएको योे घटना सार्वजानिक भएपछि इन्टरनेटभरि उनको व्यवहारप्रति आक्रोश व्यक्त गर्दै मानिसहरुले उनका बाबुआमालाई समेत गाली गरिरहेको बताइएको छ । त्यस्तै बीबीसीले बताएअनुसार भाइरल भएको भिडियो देखेर उनका पिताले भने अलगै बयान दिएका छन् । आफ्नो छोराले त्यति माथिसम्म पिसाब गर्नै नसक्ने उनको दाबी रहेको बताइएको छ ।

    एजेन्सी
 

प्रतिक्रिया दिनुहोस्