Logo

वलिवूड महिला सुपरस्टार श्रीदेवीको बाथटबमा डुबेर निधन भएको खुलासा

स्तावेज,फाल्गुण १५ गते,मंगलवार,२०७४,काठमाण्डौं – वलिवूड पहिलो महिला सुपरस्टार अभिनेत्री श्रीदेवीको  ५४ बर्षको उमेरमा अकस्मात निधनको खबरले विश्वलाई रुवाएको छ । आफ्नो होटलको बाथरुममा मृत अवस्थामा भेटिएकी श्रीदेवीको मृत्युलाई “कार्डियाक अरेस्ट” अर्थात सामान्य तरिकाले बुझ्दा हार्टअट्याक भनेर भनिएको थियो ।

उनका देवर र बलिउड अभिनेता संजय कपुरले पनि आफ्नो स्वास्थको निक्कै ख्याल राख्ने श्रीदेवीलाई यस उमेरमा पनि कुनै मुटु सम्बन्धी समस्या नभएको हुँदा “कार्डियाक अरेस्ट”ले उनको निधन भएको खबर अपत्यारिलो लागिरहेको उनले अन्तर्वार्तामा बताएका थिए ।

आफ्नो पारिवारिक समारोहको लागि दुबई पुगेकी श्रीदेवीको मृत शव अहिलेसम्म दुबई मै छ । त्यहाँ पोष्टमार्टमको प्रक्रिया सकिएपछि मात्र शवलाई भारत ल्याइने तैयारी थियो । तर, “कार्डियाक अरेस्ट” हैन डुबेर श्रीदेवीको निधन भएको पुष्टि गरेको उक्त रिपोर्टले यी चर्चित नायिकाको मृत्युलाई समेत एउटा नाटकीय रूप दिएको छ ।

बीबीसी का अनुसार आफ्नो बाथटबमा अचेत अवस्थामा रहेकी श्रीदेवीलाई अस्पताल पुर्याउदा नै मृत घोषणा गरिएको थियो । हुन त श्रीदेवीको पोष्टमार्टम आइतबार नै भैसकेको थियो तर रिपोर्ट आउँन भने यति समय लाग्यो । रिपोर्ट नआउँदा उनको डेथ सर्टिफिकेट बन्न सकेन र उनको पार्थिव शवलाई मुम्बईमा उनको घर ‘भाग्य बंगला’मा ल्याउन ढिलाइ भइरहेको थियो ।

‘भाग्य बंगला’मा अहिले उनका लाखौँ फ्यानहरु र आफन्तहरूले उनको शव पर्खियिरहेका छन् । पुरै घरलाई सेतो कपडा र फुलले ढाकिएको खबर भारतीय मेडियाले दिइरहेका छन् ।

खासमा मृत्यु भएको दिन श्रीदेवी आफ्नो कोठामा सुतिरहेकी थिइन् । उनीसँग परिवारको समारोहमा दुबई गएका उनको श्रीमान र चर्चित चलचित्र निर्माता बोनी कपूर भने कामको सिलसिलामा भारत फर्किई सकेका थिए । तर त्यस दिन बोनी कपूर आफ्नो दोस्रो श्रीमती श्रीदेवीलाई सरप्राइज डिनर डेट दिन दुबई पुगे ।

त्यहाँ पुगेर उनले श्रीदेवीसँग १५ मिनेट जति कुराकानी गरे । डिनर डेटको लागि फ्रेश हुन बाथरुम पसेकी श्रीदेविले लामो समयसम्म ढोका खोलिनन् र बोनीले बाहिरबाट बोलाउँदा कुनै प्रतिक्रिया दियिनन् ।त्यसो भएपछि ढोका जसोतसो खोलियो तर त्यतिन्जेलसम्म निकै ढिला भैसकेको थियो । श्रीदेवीको शरीरमा रक्सीको मात्रा भएको खबर पनि आज सार्वजनिक भएको रिपोर्टले खुलाएको छ ।

आफ्नो छोरीहरूलाई निकै माया गर्ने श्रीदेवीको जेठी सुपुत्री जाह्न्वी कपुरले यही वर्ष बलिउडमा आफ्नो डेब्यु गर्दैछिन् । सबै भन्दा ठुलो संयोगको कुरा त के हो भने बोनी कपूरको पहिलो श्रीमती मोना कपूरको मृत्यु पनि उनको सुपुत्र अर्जुन कपूरको पहिलो चलचित्र रिलिज हुनु केही महिना अघि मात्र भएको थियो ।

४ वर्षको उमेर देखि अभिनयमा सक्रिय यी सुपरस्टारको आधा शताब्दी लामो चलचित्र यात्राको सम्मान गर्दै दस्तावेज परिवार सुप्रसिद्द नायिका श्रीदेवी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

           

                            हेर्नुहोस् पोस्टमार्टमको रिपोर्ट 

प्रतिक्रिया दिनुहोस्