Logo

बहुप्रतिक्षित चलचित्र ‘भैरे’को मनछुने गीत “सनम माया लाको”बोलको गीतको काउन्टडाउन शुरु

स्तावेज,फाल्गुण ९ गते ,बुधवार ,काठमाण्डौं – जेठ १८ लाई लक्षित गरी प्रदर्शन मिति तय गरिएको नेपालय सिनेमा ईन्टरनेशनल प्रालिको ब्यानरद्धारा निर्मित निर्देशक एभरेष्ट सूर्य बोहराको बहुप्रतिक्षित चलचित्र “भैरे”को अत्यन्त मन छुने गीत “सनम माया लाको” बोलको गीतको काउन्टडाउन शुरु भएको छ ।

छायांकन मितिदेखि अत्यन्त चर्चाको शिखरमा रहेको चलचित्र ‘भैरे’को गीत “सनम माया लाको” दर्शकहरुको ब्यग्र प्रतिक्षाका वावजूद  सार्वजनिक हुन लागेको हो ।  उक्त रोमान्टिक गीतमा नायक दयाहाङ राई र सुरक्षा पन्तले खुलेर रोमान्स गरेका छन् । प्राप्त जानकारी अनुसार फागुन १५ गते एक बिशेष कार्यक्रमको आयोजना गरी उक्त गीतको भव्यतापूर्वक सार्वजनिक गरिने छ ।

चलचित्र ‘भैरे ‘ सोचेभन्दा निकै स्तरिय बनेको ‘भैरे’का निर्माता प्रेम प्रसाद पौडेल बताउनुहुन्छ । ‘भैरे’ चलचित्र अहिलेसम्मकै उत्कृष्ट छायाँकन प्रविधी प्रयोग गरेर बनाईएको चलचित्र हो,जसले सिंगो नेपाली यूवाहरुको कथा बोकेको छ । जुन अत्यधिक सफल हुनेमा कुनै शंका नरहेको उहाँ बताउनुहुन्छ । यसका साथै चलचित्र ‘भैरे’ नेपाली सिनेमाको ईतिहासमा एक दस्तावेज हुने समेत उहाँले दावी गर्नुभयो । 

चर्चित निर्देशक एभरेष्ट सूर्य बोहराको शब्द, नेपाली साङ्गीतिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक यम बरालको स्वर संगीत रहेको उक्त गीतका कोरियोग्राफर बसन्त श्रेष्ठ हुन् भने सम्पादन बबी शाहको रहेको छ । सुन्दर प्रकृतिको अनमोल संयोजनका साथै नेपाली मौलिकताको बेजोड प्रस्तुति,नेपाली परिवेशको अत्यन्त मनछुने कथा,पटकथा,संगीत एवं बहुआयामिक शैलीमा करोडौं दर्शकको मन जित्ने उद्धेश्यले निर्माण गरिएको चलचित्र ‘भैरे’को कुल लगानी दुई करोड रहेको छ ।

चलचित्र ‘भैरे’मा दर्शकहरूले रुचाएका सर्वाधिक हिट कलाकारहरू जस्तै दयाहाङ राई लगायत दर्शकहरूको मन मुटुमा बसेका जल्दा बल्दा कलाकार बुद्धि तामाङ,सफल अभिनय गर्न माहिर सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरूका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान आदि रहेका छन् ।

यस चलचित्रमा सुनिल थापा ‘रातेकाईंला’, चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ ‘हैट’ जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहने छन् भने बाल कलाकारहरूमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ ।

निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भैरे’को निर्माता द्दय प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहनुभएको छ भने कार्यकारी निर्मातामा लेख बहादुर पुन ‘डेनिम’,सह निर्मातामा करुणाकर घिमिरे रहनुभएको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रमा सूर्य थोकरको द्दन्द निर्देशन रहेको छ ।

 [email protected]

प्रतिक्रिया दिनुहोस्