Logo

को थिए लाफिङ बुद्ध ?

स्तावेज, माघ २४ गते बुधवार,२०७४,काठमाण्डौँ – धेरै मानिसको घरमा लाफिङ बुद्धको प्रतिमा राखिएको हुन्छ । मोटो र डल्लो अनि हाँसिरहेको बुद्धको प्रतिमा देख्दा जोकोहीको अनुहारमा मुस्कान छाउँछ । लाफिङ बुद्ध विभिन्न आकार र फरक मुद्रामा भेटिन्छ । वास्तुअनुसार घरमा सौभाग्य र खुशियाली ल्याउनका लागि लाफिङ बुद्ध राख्ने प्रचलन छ । 

 को थिए लाफिङ बुद्ध ? 

बौद्धधर्ममा ज्ञान प्राप्त गर्ने जसलाई पनि बुद्ध भनिन्छ । महात्मा गौतम बुद्धका अनेकौं शिष्यमध्ये जापानी शिष्य होतेई पनि एक थिए । होतेईले ज्ञान प्राप्त गरेपछि बेस्सरी हाँस्न थाले अनि जीवनको उद्देश्य नै मानिसहरूलाई हँसाउने र खुशी दिने बनाए । उनी जहाँ पुगे पनि मानिसलाई हँसाउँथे । जापान र चीनमा उनलाई हाँसिरहेको बुद्ध भनी बोलाउन थालियो अनि यसैलाई अंग्रेजीमा लाफिङ बुद्ध भनियो । 

संसारभरि खुशी बाँड्ने होतेईको उद्देश्यलाई उनका अनुयायीहरूले चारैतिर फैलाए र होतेईको व्यापक प्रचार गरे । पछि चिनियाँहरूले उनलाई पनि भगवान् मान्न थाले र मूर्तिहरू घरमा राख्न थाले । यसले सौभाग्य ल्याउने विश्वास पनि गर्न थालियो । चीनमा लाफिङ बुद्धलाई समृद्धिको देवताका रूपमा अपनाइयो । 

होतेईले मानिसहलाई प्रवचन नसुनाउने बरू हाँस्ने गरेको बताइन्छ । उनको सान्निध्यमा रहेर मानिसहरूले संसारको पीडा भुलेर हाँस्न सिके । हाँस्नु र हँसाउनु नै उनको ध्यान र समाधि थियो । उनका अनसार, सम्पूर्ण सृष्टि नै हाँसिरहेको छ तर मानिसहरू आफ्ना तुच्छ समस्यामा अल्झिएर रोइरहेका छन् । होतेईसँग बसेर मानिसहरूले कुनै कारण नभई पनि खुलेर हाँस्न सकिन्छ र शान्ति अनुभव गर्न सकिन्छ भन्ने थाहा पाए । 

  एजेन्सी
 

प्रतिक्रिया दिनुहोस्